सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
नारायणगढ–मुग्लिनको पहिरो पन्छाउन अझै ५ घण्टा लाग्ने अनुमान

चितवन, भदौ ५-
नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै ५ घण्टा लाग्ने सडक डिभिजन भरतपुरले बताएको छ । हिजो राती करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ ।
पहिरो पन्छाउन दुई वटा मेशिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । ‘हिजो राती १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पुरै पन्छाउन अझै ५ देखि ६ घण्टा लाग्छ सक्छ’, उनले भने ।
आज यात्रा गर्न लागेका यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
काठमाडौं, असोज ११- एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, […]