काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
चितवनमा डेंगी संक्रमण उच्च बन्दै, संक्रमितको संख्या ९६ पुग्यो

चितवन, साउन ३२-
चितवनमा डेंगी संक्रमण निरन्तररुपमा बढ्दै गइरहेको छ ।
साउन महिनाको तथ्यांकलाई हेर्दा आज ३२ गतेसम्म ९६ जना संक्रमित भएसँगै हरेक दिन डेँगुको संक्रमण बढ्दै गएको हो ।
साउन २८ गतेसम्म ८० जना संक्रमित भएकोमा गत चारदिनमा नै संक्रमितको संख्या बढेर ९६ पुगेको छ । चितवनमा भेटिएका डेँगु संक्रमितमध्ये अन्य जिल्लाबाट आएका ३० जना, चितवनका ४४ जना र ठेगाना नखुलेका ६ जना रहेका छन् । बिगत २४ घण्टामा मात्र तीन जना संक्रमित भेटिएका छन् । विभिन्न लक्षणमा अस्पताल आएकालाई सो परीक्षण गरिएको भए पनि जिल्लाभरी नै परीक्षण गर्ने हो भने संक्रमितको संख्या उच्च हुन सक्ने स्वास्थ्यकर्मीहरुको अनुमान छ ।
नेपालमा सन् २०२२ यता नेपालमा डेंगी संक्रमण शून्यमा झरेको छैन । हिउँदका पाँच महिना फाट्टफुट्ट देखिएको संक्रमण जुनयता निरन्तर उकालो लागिरेहको छ ।
जुलाई १ देखि अगष्ट १६ सम्म डेढ महिनामा मात्रै १२ हजार ५८३ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।
अगष्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै योवर्ष डेंगी संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ । जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।
७५ जिल्लामा फैलिएको डेंगीबाट सबेभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार ९ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रममित भएका छन् । १२ जिल्लामा संक्रमितको संख्या डेढसयभन्दा माथि छ ।
यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (डेंगी १, २, ३, ४) देखिएको इडीसीडीका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् । विश्वभर देखिएकामध्ये अधिकांश देशमा डेंगीका चारवटा सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएका छन् ।

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]