Listen Live: 

नगर प्रमुख लामा र स्वास्थ्य विमा अभिकर्ता विच छलफल

Radio Chitwan
बिहिबार, साउन ३२, २०८०

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता माझ सहजिकरणको लागी निर्देशन दिएका हुन । विहिवार अभिकर्तासंग बैठक वसी घरघरमा गएर नगरका सवै नगरवासीको स्वास्थ्य विमा अभियानमा लाग्न निर्देशन दिएका हुन । अव राप्तीमा स्वास्थ्य विमा लागु भएसंगै जनताको लागी सहजताहोस र जानकारी पाउन भन्ने नगरको अभियान रहेको छ । नगरका जनतालाइ स्वास्थ्य परिक्षणमा कत्ति पनि कमि नहोस भन्दै भण्डारा अस्पतालमा स्वास्थय विमा सुरु भएको जानकारी दिन समेत अनुरोध गरे । नगरवासी अहिले खैरहनी र रत्ननगरमा सेवा लिन गइरहेका छन । अव भण्डारा अस्पतालमानै स्वास्थ्य विमा हुने भएपछि यसको सेवा लिन पाउनको लागी नगरवासी नछुटोस भन्दै जानकारी गराउन अनुरोध गरेका हुन । 

स्वास्थ्य बिमा कार्यक्रम भण्डारा अस्पतालबाटै भदौको दोस्रो सातादेखि लागू हुने प्रमुख लामाले बताए । यो कार्यक्रम लागू हुनुअघि आवश्यक औषधिको व्यवस्था हुनुपर्छ । ती औषधि खरिद गरेपछि सकेसम्म दोस्रो साताबाटै आफ्नै अस्पतालबाट बिरामीले सेवा लिन पाउनेछन् ।

राप्ती नगरपालिकाले वडा–वडाबाट निःशुल्क बिमा गर्ने व्यवस्था मिलाएको मेयर लामाले बताए । विशेषगरी, पहाडी वडाका समुदाय र तल्लो भेगका वडाका विपन्न समुदाय यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

राप्ती नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । निःशुल्क शिक्षा यसै वर्षदेखि लागू गरेको यो नगरपालिकाले केही समयअघि भण्डारा अस्पतालको स्तरोन्नति गर्दै ओपिडी भवन सञ्चालनमा ल्याएको थियो । बिरामीको सहजतालाई मध्यनजर गर्दै बिरामी हुँदा उपचारमा लाग्ने रगतको खर्चसमेत नगरपालिकाले उपलब्ध गराउने गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन, रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरिसकेको छ ।

बैठकमा सहभागि विमा अभिकर्ता सुभद्रा चौधरीले विमा गराउन मोवाइल आवश्यक परेको भन्दा नगरपालिकाले उपलव्ध गराइदिने बताइन । आफु संग भएको मोवाइलले राम्रो काम नगरेको भन्दै नगरले आवश्यक समन्वय गर्नुपर्ने बताइन । बैठकमा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, वडा नं १३ का अध्यक्ष अशोक कुमार प्रजा , राप्ती नगर प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने लगायतकाको उपस्थिती रहेको थियो । शाखाका उपप्रमुख राममणी सिलवाल सहजीकरण गरेका कार्यक्रममा शाखा प्रमुख सुरेश न्यौपानेले स्वास्थ्य विमाको वारेमा प्रकाश गरेका थिए ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram