काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न राष्ट्रपतिको आदेश

सिरिया,साउन ३२-
सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिएका छन् ।
मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरूको तलब बढाउन आदेश दिएका हुन् । राज्यका कर्मचारी, सेवा निवृत्त कर्मचारी र अन्य सैनिकहरूको लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो ।
अहिले देशको आर्थिक अवस्था सङ्कटमा छ । यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अभेकिरी डलरसम्म थियो । सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजेलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशतले बढाएको छ ।
इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरू काममा नगएपछि सडकमा यात्रुहरू अलपत्र परेका थिए । इन्धनको मूल्यवृद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ । एजेन्सी
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]