चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । […]
१६ दिनमा थपिए साढे ६ हजार डेंगी संक्रमित, कोसी र वाग्मतीमा सबैभन्दा धेरै

काठमाडौं,साउन ३२-
यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ । गएको जुनयता मात्र डेंगीका कारण १२ जनाको मृत्यु भएको छ । डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १० हजार ८१३ र वाग्मतीमा दुई हजार नौजना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ४२० जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।
उपत्यकासहित १२ जिल्लामा संक्रमितको संख्या १०० भन्दा माथि छ । सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा, तनहुँ र दार्चुलामा संक्रमितको संख्या निरन्तर बढिरहेको ईडीसीडीले जनाएको छ ।
चितवन,भदौ ८- चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]
चितवन। चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाले आँखा पाक्ने रोग अर्थात एडिनो भाइरसको सङ्क्रमण बढ्दै गएकाले विशेष सावधानी अपनाउन र आँखामा समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अपिल गरेको छ […]