Listen Live: 

टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले गरायो ठूलो दुर्घटना, २० जना घाइते, ७ को अवस्था गम्भिर (नामसहित)

Radio Chitwan
बुधबार, साउन ३१, २०८०

चितवन, साउन ३१–

चितवनको टिकौली जंगलमा आज विहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।

उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैंडाकोटको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिँदा बागमती प्रदेश ०६–००१प ९९८१, बा.प्र ०३–००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरको मोटरसाइकलहरु, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाएको थियो । प्रहरीले कलेज बसका चालक नवलपुरको गैडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।

निम्न घाईतेहरुः
भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१.जि.चितवन खैरहनी नगरपालिका–४ बस्ने बर्ष अन्दाजी ६०र६५ को कृष्ण ब.तामाङ (गम्भिर) ।

२.जि.मकवानपुर हेटौडा उपमहानगरपालिका–१४ बस्ने बर्ष अं.६०र६५ को महोन तामाङ (गम्भिर) ।

३.जि.चितवन खैरहनी नगरपालिका–१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ (गम्भिर) ।

४.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०र५५ को कुसुम ब।राना (गम्भिर)  ।

५.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ(गम्भिर) ।

६.जि.चितवन रत्ननगर–९ बस्ने बर्ष अं.३०-३५ को किशोर तामाङ (गम्भिर) ।

७.जि।चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०र५५ को डोल ब.कार्की (गम्भिर) ।

८.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ४१ को पुर लामा (गम्भिर) ।

९.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ (गम्भिर) ।

१०.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले (गम्भिर) ।

११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ (मध्यम) ।

१२.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ (मध्यम) ।

(नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते)

१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा (मध्यम)

(पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु)

१.बा.प्र.०३–००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३३ को शंकर परियार (सामान्य)

२.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य v ।

३.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५० को आईतराम कामि (मध्यम) ।

४.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४४ को गोपाल तामाङ (मध्यम)

५. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष २६ को पुष्प तामाङ (मध्यम)।

६. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३८ को कृष्ण लामा (मध्यम) ।

७.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा (मध्यम) ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram