Listen Live: 

राप्तीका सामुदायिक विद्यालयको दिवा खाजामा एक रुपता ल्याउने

Radio Chitwan
सोमवार, साउन २९, २०८०

राप्ती । राप्ती नगर प्रमुख शमशेर लामाले दिवा खाजामा एक रुपता ल्याउन निर्देशन दिएका छन । विहिवार नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको छलफलमा नगर प्रमुख लामाले सवै विद्यालयमा एक रुपता ल्याउनको लागी निर्देशन दिएका हुन । अव नगरभित्रका सवै राप्ती नगरपालिका भित्रका सामुदायिक विद्यालयमा दिवा खाजामा एक रुपता हुने भएको छ । नगर प्रमुख लामाले हप्तामा फरक फरक किसिमको खाजा व्यवस्था गर्नुपर्ने भन्दै विद्यालयका प्रधानाध्यापकलाइ नगरपालिकाले उल्लेख गरेको अनुसार दिवा खाजा व्यवस्था गर्न निर्देशन दिएका हुन । लामाले नगर वा वडाका जनप्रतिनिधि सम्वन्धीत निकायले अनुगमन गर्दा दिवा खाजामा फरक पर्न नहुने बताए । दिवा खाजामा नगरपालिकाले फलफुल, स्थानिय उत्पादनका खाद्यन्न वा परिकार, दहि चिउरा लगायतका रहेका छन । नगरपालिकाले अनुमगन गर्दा निर्देशन भन्दा वाहिरको खाजा खुवाएको पाएमा कारवाहि गरिने बताए । राप्ती नगरपालिकाले संघिय सहयोगमा कक्षा ५ सम्मका प्रति एक विद्यार्थी १५ रुपैया र त्यसमा नगरपालिकाले ५ रुपैया थपगरी २० रुपैयाको खाजा लागी बजेट रहेको छ । यहि शैक्षिक सत्र देखि नगरपालिकाले कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको छ । राप्तीको पहाडी क्षेत्रका वडाहरुमा भने कक्षा १० सम्मै दिवा खाजाको व्यवस्था रहेको नगर शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन ।

आन्य समाचारहरु:-
April 22, 2024
झुवानी सामुदायिक पुस्तकालयकाे क्यालेन्डर विमाेचन

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले  तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार  विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच  क्यालेन्डर  विमोचन गरेका […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram