चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । […]
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या

चितवन। चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ ।
कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ । चार दिनदेखि समस्या देखिन थालेको हो । क्रमशः सङ्क्रमण फैलँदै गएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितलाई छुट्टै कोठामा राखिएको छ । उनीहरूलाई आवश्यक औषधि व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो । कारागारको क्षमता दुई सय ५५ पुरुष र २५ महिलाको रहेको छ । हाल कारागारमा सात सय १३ पुरुष र ४७ महिला कैदीबन्दी छन् । यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।
छिटो रोग फैलने भएकाले अरुलाई सर्नबाट रोक्न सकेसम्मको प्रयास गरिएको उहाँको भनाइ छ । जिल्लामा आँखा पाक्ने समस्या निकै बढेर गएको छ । जसका कारण शिक्षण संस्था बन्द छन् । भीडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ । भरतपुर आँखा अस्पतालमा बिरामीको सङ्ख्या झन्डै दोब्बर पुगेको छ । बिरामी बढेपछि सहजरूपमा औषधिसमेत पाउन कठिन भएको अस्पतालले जनाएको छ । आँखा पाक्न सुरु गरेपछि निको हुन एक हप्ता हाराहारी लाग्ने गरेको छ ।
चितवन,भदौ ८- चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]
काठमाडौं,साउन ३२- यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाले आँखा पाक्ने रोग अर्थात एडिनो भाइरसको सङ्क्रमण बढ्दै गएकाले विशेष सावधानी अपनाउन र आँखामा समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अपिल गरेको छ […]