Listen Live: 

प्याव्सन चितवन आन्दोलनमा : शिक्षा विधेयक फिर्ता लिन माग

Radio Chitwan
बिहिबार, साउन २५, २०८०

भरतपुर । सरकारले हालै संसदमा पेस गर्न लागेको शिक्षा विधेयकविरूद्ध संस्थागत विद्यालयहरुको संगठन प्याव्सन चितवन आन्दोलनमा उत्रेको छ । प्याव्सन चितवनले बुधबार चितवनका पालिकाहरुको शिक्षा शाखाहरुमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल विधेयक फिर्ता गर्न माग गरेको छ ।

प्याव्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालका अनुसार जिल्लाका सात वटा पालिकाहरुको शिक्षा शाखाहरु, शिक्षा विकास समन्वय इकाइ तथा जिल्ला प्रशासन कार्यालयमा विधेयकको विरोधस्वरुप ध्यानाकर्षण पत्र बुझाइएको हो । उनले सरकारले अहिलेको परिमार्जन गरी ल्याइएको शिक्षा विधेयक फिर्ता नगरेसम्म प्याव्सन चितवन निरन्तर आन्दोलनमा लाग्ने बताए ।

प्याव्सन चितवन केन्द्रको विरोधका कार्यक्रमअनुसार अघि बढिरहेको अध्यक्ष अर्याल बताउँछन् । उनका अनुसार साउन २६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया गर्ने, २७ गते समीक्षा र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ । आन्दोलनका कार्यक्रमको बीचमा विधेयक फिर्ता नगरे भदौ १ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारीसाधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम तय गरेको प्याव्सन चितवनका अध्यक्ष अर्यालले बताए ।

के भनिएको छ विधेयकमा ?

सरकारले ल्याएको अहिलेको शिक्षा विधेयक पारित हुन बाँकी छ । संसद्मा छलफल हुन पनि बाँकी छ, तर यस विधेयकविरूद्ध विभिन्न स्वरहरु आउन थालिसकेको छ । संस्थागत विद्यालयका सञ्चालहरु विधेयकको विरोधमा आन्दोलनमा उत्रेका छन् ।

शिक्षा विधेयकमा कम्पनीमार्फत सञ्चालित विद्यालयहरुलाई पाँच वर्षभित्र शैक्षिक गुठीमा रुपान्तरण र दायित्व फरफारक गर्न भनिएको छ । निजीस्तरको करोडौँ सम्पत्ति शैक्षिक गुठीमा जाने भएपछि संस्थागत विद्यालयका सञ्चालहरु आन्दोलनमा उत्रेका हुन् । निजी लगानीको शिक्षा क्षेत्रलाई निरूत्साहित गर्दै मास्ने अभिप्रायका साथ सरकारले विधेयक ल्याएको भन्दै प्याव्सन चितवनले आपत्ति जनाएको छ ।

‘विधेयक पारित हुन दिँदैनौँ’

संस्थागत विद्यालयका सञ्चालहरु जुनकुनै हालतमा अहिलेको शिक्षा विधेयक पारित हुन नदिने बताउँछन् । आन्दोलन गरेर भए पनि यो विधेयक तुहाउने उनीहरुको भनाइ छ । प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले आन्दोलन गरेर भए पनि विधेयक पारित हुन नदिने बताए ।

उनले भने, ‘व्यक्तिगत सम्पत्ति कसरी गुठीमा जान सक्छ, यत्रो विधेयक आउँदै गर्दा संस्थागत विद्यालयका सञ्चालक तथा सरोकारवाला पक्षसँग छलफल गर्नुपर्दैन ?’ उनले चितवनका संस्थागत विद्यालयका सञ्चालकहरुलाई खुट्टा नकमाउन आग्रह गर्दै भने, ‘हिजो कर असुल्नको लागि निजी विद्यालयलाई कम्पनीमा लगेर संस्थागत बनाउने, आज फेरि शैक्षिक गुठीमा लगेर व्यक्तिगत सम्पति राज्यले हडप्न मिल्छ ?’

प्याव्सन चितवनका पूर्वअध्यक्ष वेलबहादुर गुरूङले आन्दोलनबाटै विधेयक खारेज गर्ने बताए । उनले भने, ‘यो विधेयक खारेज नभएसम्म आन्दोलन निरन्तर चल्नेछ ।’

प्याव्सन चितवनका सचिव मदन पुरीले विद्यमान विधेयक विभेदकारी र संविधानविपरीत रहेको बताए । उनले भने, ‘विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नको लागि तयार गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का विभेदकारी बुँदाहरु परिमार्जन गर्न जरूरी छ ।’

वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठले निजी सम्पत्ति राज्यले अधिग्रहण गर्नु संविधानविपरीत हुने बताए । उनले भने, ‘व्यक्तिको सम्पत्ति राज्यले लिन मिल्दैन, लिए क्षतिपूर्ति दिनुपर्छ ।’ उनले विधेयकमा असहमति भए यसका विरूद्ध सर्वोच्चमा गएर रिट हाल्न सकिने बताए । उनले भने, ‘कानुनी बाटो अपनाएर विधेयक खारेज गर्न पनि सकिन्छ ।’

आन्य समाचारहरु:-
September 25, 2023
चितवनका डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]

September 25, 2023
बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]

September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 23, 2023
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram