Listen Live: 

तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ: अध्यक्ष प्रचण्ड

Radio Chitwan
बिहिबार, चैत्र १०, २०७८

चितवन, १० चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताउनुभएको छ । माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उहाँले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँंगै अघि बढ्ने भन्दै उहाँले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताउनुभयो । आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो । गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै उहाँले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताउनुभयो । माडी उहाँको निर्वाचन क्षेत्र हो । पूर्वाधारका धेरै काम सम्पन्न भएको उहाँको भनाइ थियो । प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको दाहालले बताउनुभयो ।
सो स्थानमा ८६ घर रहेका छन् । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् । यसअघि उहाँले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गर्नुभएको थियो । गत वर्ष उहाँले सो सडकको शिलान्यास गर्नुभएको थियो ।
सङ्घीय सरकार र माडी नगरपालिकाको बजेटबाट सडक निर्माण गरिएको हो । दाहालले आजै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुलको उद्घाटन गर्नुभएको थियो । दाहालको निर्वाचन क्षेत्र हेर्दै आउनुभएकी निशा न्यौपानेका अनुसार सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो । बाँकी ११ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । माडीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर दाहाल दिउँसो भरतपुर फर्कने कार्यक्रम रहेको छ । रासस

आन्य समाचारहरु:-
September 25, 2023
हामी कांग्रेस कब्जा गर्न लाग्यौँ, जनता अरुले कब्जा गरिसकेः अर्जुननरसिंह केसी

काठमाडौं,असोज ८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

August 1, 2023
राष्ट्रिय युवा संघको जिल्ला कमिटि चितवनको विस्तारित बैठक सकियो, अधिवेशन गराउने जिम्मा अधिकारीलाई

चितवन, साउन १५-नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको विस्तारित बैठक सकिएको छ । मिसन नेक्सट इलेक्सन तार्गेट न्यू जेनेरेसन भन्ने नाराका साथ पूर्वि चितवनको रत्ननगरमा सोमबार(आज) […]

May 10, 2023
संसद सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएर उपचाररत छु

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफू बिरामी भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएका छन्। संसद सचिवालय स्रोतका अनुसार उनले आफू बिरामी भएर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram