Listen Live: 

विविध कार्यक्रम गरेर एक्सपर्ट चितवनले मनायो २० औं स्थापना दिवस

Radio Chitwan
बुधबार, साउन २४, २०८०

चितवन, साउन २३–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन शाखाले विभिन्न कार्यक्रम गरी २० औं वार्षिकोत्सव मनाएको छ ।

भरतपुर–१० स्थित एक्सपर्ट बेस क्याम्प (आफ्नै भवन)मा आयोजित विशेष कार्यक्रममा विभिन्न पुरस्कार वितरण तथा सहयोग सामग्री हस्तान्तरण गरेर स्थापना दिवस मनाएको हो ।

विशेष समारोह कार्यक्रम केक काटेर समुद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले एक्सपर्टले विद्यार्थीलाई परामर्श मात्र नदिई सामाजिक क्षेत्रमा पनि उल्लेखीय योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चीरञ्जीवी सुवेदी, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर हाइट टोल विकास संस्थाकी अध्यक्ष मञ्जु पाठक, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । एक्सपर्ट चितवनको शिक्षा पत्रकारिता पुरस्कार यस वर्ष चितवनका पत्रकार रमेशकुमार पौडेललाई प्रदान गरिएको छ ।

कार्यक्रममा चितवनको इच्छाकामना गाउँपालिकास्थित श्रीराष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङलाई खेलकुदका सामग्री प्रदान गरिएको थियो । एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, प्रमुख अतिथि जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरलाई हस्तान्तरण गरेका थिए ।

सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीबाट यात्रा थालेको एक्सपर्ट अहिले विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा दिँदै आइरहेको छ । अगष्ट ८ कै दिन एक्सपर्टले विश्वभर नै स्थापना दिवस मनाउँदै आइरहेको छ । एक्सपर्टले हाल अष्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायत देशमा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ ।

कार्यक्रममा सहभागीहरुलाई एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत गरेको थियो । सो क्रममा एक्सपर्ट चितवनले हालसम्म गरेका क्रियाकलापहरु समेटिएको भिडियो सामग्री प्रदर्शन गरिएको थियो । कार्यक्रम एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ का विजेतालाई पुरस्कार प्रदान

एक्सपर्टको २०औं वार्षिकोत्सवको अवसरमा चितवन शाखाले आयोजना गरेको ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’का विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । वार्षिकोत्सव विशेष समारोहमा अवसरमा आज फुटसलका विजेता अर्किड कलेज भरतपुर, उपविजेता नारायणी बहुप्राविधिक विद्यालय भरतपुर र तृतीय स्थान हासिल गरेको एपेक्स कलेजलाई नगद, ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक अधिकारी, चितवन जिल्ला फुटलब संघका अध्यक्ष श्रीकृष्ण कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए । चितवनका ३२ वटा विद्यालय तथा कलेजहरुको सहभागिता रहेको प्रतियोगिता एक्सपर्ट चितवनको सहकार्यमा चितवन जिल्ला फुबल संघले आयोजना गरेको थियो । प्रतियोगिताको फाइनलमा अर्किडले एनपीआइलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

रत्ननगरमा खुल्ला रक्तदान कार्यक्रम

२०औं वार्षिकोत्सवको अवसरमा एक्सपर्ट रत्ननगर शाखाले मंगलबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

एक्सपर्ट कार्यालय बकुलहर चोक परिसरमा बिहान भएको रक्तदान कार्यक्रममा कुल १३२ जनाले रक्तदान गरेको एक्सपर्ट बकुलहरकी मीना तिमिल्सनाले जानकारी दिइन् । रक्तदान कार्यक्रमको स्वस्ती वाचन गरेर समुद्घाटन गरिएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram