कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
काठमाडौं उपत्यकामा बाढी-पहिरोमा फसेका १७ जनाको उद्धार

काठमाडौं, साउन २३-
काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा बाढी र पहिरोमा फसेका १७ जनाको उद्धार भएको छ। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँमा बाढी पसेको छ। कतिपय ठाउँमा पहिरोले संरचनाहरूमा समेत क्षति पुगेको छ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बाढी तथा पहिरोमा फसेका १७ जनाको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
कागेश्वरी मनोहरा नगरपालिका-७ मा पहिरोका कारण टहरा भत्किएको छ। टहरा भत्किँदा १६ वर्षीया किशोरी घाइते भएकी छन्।
उनको उद्धार गरी केएमसी अस्पतालमा लगिएको छ। त्यस्तै काठमाडौंको मूलपानी पिपलबोटमा अलपत्र परेका एक जनाको उद्धार गरिएको एसएसपी मैनालीले बताए।
मूलपानीबाट बोडे जाने बाटोमा अलपत्र परेका अर्का एक जना व्यक्तिको पनि उद्धार गरिएको उनले बताए। बागमती किनारको सुन्दरीघाट सुकुम्बासी बस्तीबाट ११ जनाको उद्धार गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी त्रिपुरेश्वरमा टहरामा बसेका दुई जनाको पनि उद्धार भएको छ। जसमध्ये एक जना घाइते हुँदा ट्रमा सेन्टरमा पठाइएको छ। ललितपुरको सानेपास्थित कालोपुलमुनि जेसिबी डुबानमा परेको छ। जेसिबीका चालकको पनि प्रहरीले उद्धार गरेको छ।
भक्तपुरको हनुमन्ते खोला राममन्दिर नजिकै पनि तीन जना पानीमा फसेका छन्। उनीहरूको उद्धार जारी रहेको एसएसपी मैनालीले बताए। चाँगुनारायण-१ दुवाकोटमा पहिरो जाँदा जस्ताको टहरा भत्किएको छ।
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

