कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनमा २८९ नयाँ क्षयरोगी, सबैभन्दा बढी भरतपुर महानगरपालिकामा

चितवन, १० चैत। जिल्लामा २८९ नयाँ क्षयरोगी थपिएका छन् । जिल्लाका सात पालिकामा पुस मसान्तसम्ममा सो सङ्ख्यामा बिरामी थपिएका हुन् । हरेक चार–चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा क्षयरोगका बिरामी रहेका छन् । भरतपुर महानगरमा १५३ जनामा क्षयरोग देखिएको हो । यस्तै खैरहनीमा ३३, माडीमा २९, रत्ननगरमा ३२, राप्तीमा १८ र कालिका नगरपालिकामा १९ तथा इच्छाकामना गाउँपालिकामा पाँच जनामा क्षयरोग देखिएका छन् । गत आर्थिक वर्षमा जिल्लामा ८९४ जनामा क्षयरोग देखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले उपचारमा ५३५ जना छन् । गत आर्थिक वर्ष र चालु आवमा क्षयरोग पुष्टि भएका उनीहरु अहिले उपचार गराइरहेका हुन् । नेपालमा हाल ६८ हजार नयाँ क्षयरोगका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ । तीमध्ये पाँच हजार २०० जना १४ वर्षमुनिका बालबालिका छन् भने ६३ हजार नयाँ बिरामी १४ वर्षमाथिका रहेको जनस्वास्थ्य अधिकृत ढकालले बताउनुभयो । नेपालमा भेटिएकामध्ये दुई हजार २०० बहुऔषधि प्रतिरोधि बिरामी रहेका छन् । सङ्क्रमितमध्ये ३३ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन् । नेपालमा हरेक वर्ष १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
जनस्वास्थ्य अधिकृत ढकालका अनुसार नेपालमा प्रत्येक दिन १८९ नयाँ बिरामी भेटिने गरेका छन् । तीमध्ये १०१ बिरामी उपचारका लागि नआउने गरेका छन् । प्रत्येक दिन क्षयरोगका कारण ४७ बिरामीको मृत्यु हुने गरेको छ । उच्च मृत्युदर भएका १० वटा रोगमध्ये क्षयरोग पनि एक हो ।
यो रोग माइक्रोव्याक्टेरियम टियुबरक्लोसिस नामक किटाणुका कारण सर्ने गर्छन । यो रोग हावाबाट सर्ने रोग भएकाले फोक्सोमा असर पर्ने गर्दछ । यस रोगका लक्षणमा साँझपख हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगत देखिनु रहेका छन् । यस्तो समस्या देखिएमा खकार जाँच गर्नुपर्ने उहाँले बताउनुभयो । परीक्षण गर्दा क्षयरोग देखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने उहाँको भनाइ छ ।
आज विश्वभर क्षयरोगको अन्त्यका लागि लगानी बढाऔँ; जीवन बचाऔँ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]