कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एडिनो भाइरसबारे सावधानी अपनाउन रत्ननगर नगरपालिकाको अपिल

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाले आँखा पाक्ने रोग अर्थात एडिनो भाइरसको सङ्क्रमण बढ्दै गएकाले विशेष सावधानी अपनाउन र आँखामा समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अपिल गरेको छ ।
स्वास्थ्य शाखाका प्रमुख एवं जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले केही दिनदेखि समुदायमा व्यापकरूपमा एडिनो भाइरसको सङ्क्रमण फैलिँदै गएकोले उक्त रोगबाट बच्न र बचाउन आग्रह गरेका छन् । उनले जथाभावी आँखा नछुन, छुनुअघि साबुनपानीले राम्रोसँग हात सफा गर्न र पटक–पटक चिसो पानीले आँखा सफा गरिरहन आग्रह गरेका छन् ।
व्यक्तिगत सरसफाइमा ध्यान दिने र अरुले प्रयोग गरेका तौलिया वा रुमालको प्रयोग नगर्न पनि उनले सुझाव दिएका छन् ।
एडिनो भाइरसको सङ्क्रमण भएमा एक्कासि आँखा रातो हुने, आँखा धेरै चिलाउने, टालिने, चिप्रा लाग्ने, आँशु बगिरहने, दुख्ने, बिझाउने, घाम वा प्रकाशमा हेर्न समस्या हुनेजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पौडेलले जानकारी दिए ।
उनले जथाभावी आँखामा औषधि राख्न नहुने भन्दै चिकित्सकको सल्लाहअनुसार मात्र औषधिको प्रयोग गर्न सुझाव दिए । कालो चस्माको प्रयोग गर्ने र आफूले प्रयोग गरेको सिरानीको खोल तथा तन्ना हरेक दिन सफा गरी सङ्क्रमण फैलिन नदिन पनि उनले सुझाव दिए ।
शैक्षिक संस्था बन्द गर्न निर्देशन
यसैबीच, आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि रत्ननगर नगरपालिकाले सोमबारदेखि साउन २४ गतेसम्म रत्ननगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।
एडिनो भाइरसको सङ्क्रमणका कारण धेरै बालबालिका प्रभावित भएपछि हिउँदे र बर्खेबिदामा कट्टी हुनेगरी तीन दिन शैक्षिक गतिविधि बन्द गर्न निर्देशन दिइएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले बताए ।
कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयहरुलाई पठनपाठन रोक्न र बिदाको सूचनासँगै आँखाको सुरक्षासम्बन्धी सचेतना प्रदान गर्न पनि उनले निर्देशन दिएका छन् । रत्ननगरमा सामुदायिक विद्यालयहरु बर्खे बिदामै रहेका छन् भने संस्थागत विद्यालयहरुलाई पनि अनिवार्य विद्यालय बन्द निर्देशन दिइएको हो ।
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]