काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
डेंगु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार

भरतपुर, साउन २०–
डेंगु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै भरतपुर अस्पतालले संयन्त्र तयार पारेको छ। अस्पतालले डेंगु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो ।
अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ।
प्रवक्ता कँडेलले देशका विभिन्न भागमा डेंगु ज्वरोको प्रकोप फैलिएसँगै चितवन र आसपासका जिल्लामा सजगता अपनाउन जरुरी रहेको भन्दै डेंगुका बिरामी आएमा तत्काल उपचारको प्रबन्ध गर्न टिम बनाएको बताए।
उनका अनुसार आकस्मिक कक्षमा एक जना डेंगु सङ्क्रमितलाई हेर्ने गरी व्यवस्था गरिएको छ । ‘मन्त्रालयले केही भनेको छैन, आन्तरिकरूपमा डेंगु रोगको उपचारका लागि तयारी गरेका हौँ’, उनले भने। डेंगु सङ्क्रमित फेला परेमा तत्काल उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानीय टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय र स्थानीय तहलाई नियन्त्रणका उपाय अपनाउन उनले आग्रह गरे।
डेंगु सार्ने लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर र हातखुट्टा छोप्ने गरी कपडा लगाउन र झुलभित्र सुत्न, झ्याल ढोकामा जाली लगाउन उनले आग्रह गरे । ‘घर वरिपरि पानी जम्मा हुने खाडल पुर्नुपर्छ, गमला, थोत्रा टायर, फालिएका टिन एवं प्लास्टिकका बोतलमा पानी जम्मा हुन दिनुहुँदैन’, उनले भने, ‘घर टोलमा रहेका झाडी र बुट्यान सफा गर्नुपर्छ।’
पानी ट्याङ्कीलाई ढाकेर राख्न र लामखुट्टे प्रवेश गर्न नदिन, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाल्न र जम्मा भएको पानी फेर्ने, घरपालुवा जनावर घरदेखि टाढा व्यवस्थित तरिकाले पाल्न पनि उनले सुझाव दिए।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]