Listen Live: 

गैँडाकोट नगरपालिकाले बजार अनुमगन थाल्यो,अक्सफोर्ड कलेजको क्यान्टिनमा भेटियो अखाद्य वस्तु

Radio Chitwan
शुक्रबार, साउन १९, २०८०

चितवन, साउन १८-

गैडाकोट नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । बजारमा अखाद्य तथा अस्वस्थकर वस्तुको किनबेचन भएको गुनासो बढेपछि बजार अनुगमन गर्न सुरु गरेको हो । पहिलो दिन बिहिबार नगरपालिकाले वडा नम्बर दुईमा रहेको अक्सफोर्ड कलेजको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अखाद्य वस्तुहरु फेला परेको वडा नम्बर दुईका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए ।

‘क्यान्टिमा अखाद्य पदार्थ डाल्डा घिउ, कलर प्रयोग भएको छ । केही सडेका मासूसहितका म्याद सकिएका खाद्यय पदार्थ फेला परेका छन्,’ उनले भने ‘पहिलो चरणमा सुध्रने मौका दिएका छौँ ।’ कलेजको क्यान्टिनमा गन्हाउने तेल समेत प्रयोग गरेको भेटिएको बताए । बनेका परिकारको भण्डारण राम्रोसंग गर्नुपर्ने उनले बताए ।
वडा अध्यक्ष सापकोटाको नेतृत्वमा गएको अनुगमन टोलीले कलेजले शौचालय तथा बसको समेत अनुगन गरेको थियो । अनुमगनका क्रममा शौचालय प्रयोग गर्न नसकिने अवस्थाको फोहोर रहेको उनले जानकारी दिए । कलेजले फोहोर व्यवस्थापन नगरेको समेत उनले बताए । ‘कुहिने नकुहिने फोहोर एकै ठाउँमा थुपारिएको छ,’ उनले भने ‘स्कुलबाट निस्कने फोहोर नगरपालिकासंग समन्वय गरेर व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।’

विद्यार्थी ओसार्ने बस पुरानो र फोहोर रहेको पाइएको छ । बसभित्र सिट च्यातिएका र फोहोर देखिन्छ । नगरपालिकाले सिट मर्मत गर्न सुझाव दिएको छ । अक्सफोर्ड कलेजका प्राचार्य हरि भण्डारीले अनुगन टोलिले भनेजस्तो नरहेको जिकिर गरेका छन । ‘अनुगमन गर्नु राम्रो हो । त्यसलाई आउने दिनमा परिमार्जन गर्दै जान्छौँ,’ उनले भने, ‘नगरपालिकाले भनेजस्तो चाँहि होइन।’ उनले २ हजारभन्दा बढी विद्यार्थीलाई व्यवस्थापन गर्न चुनौती रहेको दावि गरे । नेपालमै नभएको एउटा कलेजमा दुईटा क्यान्टिन आफ्नो कलेजमा मात्र रहेको उनले बताए । कलेजको वातावरण र शिक्षाको नतिजा अनुसार थुप्रै विश्व स्तरका अवार्ड प्राप्त गरेको उनले सुनाए ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram