Listen Live: 

रत्ननगर १५ मा ‘एक घर एक नागरिक बडापत्र’

Radio Chitwan
शुक्रबार, साउन १९, २०८०

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१५ ले नगरमै पहिलोपटक वडाबासीलाई नागरिक बडापत्र वितरण गरेको छ । एक घर एक बडापत्रको अवधारणाअनुसार वडाभित्रका सबै घरधुरीलाई नागरिक बडापत्र वितरण गरिएको हो । टोल विकास संस्थामार्फत वडावासीको घर–घरमा पु¥याउने योजनाअनुरुप बिहीबार टोल विकास संस्थाका अध्यक्षहरुलाई बडापत्र हस्तान्तरण गरिएको छ ।

वडा कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा वडाध्यक्ष आशिक तामाङले १९ वटा टोल विकास संस्थाका अध्यक्षहरुलाई घरधुरी संख्याका आधारमा बडापत्रको हाते पुस्तिका हस्तान्तरण गरेका छन् । बडापत्रमा नगरपालिका तथा वडा कार्यालयले प्रदान गर्ने सेवा, प्रशासनिक कामका लागि आवश्यक पर्ने कागजात, न्यायिक सम्पादनमा आवश्यक पर्ने कागजात, स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा र आवश्यक कागजात, वडाभित्रका सामाजिक संघसंस्था तथा जनप्रतिनिधि, दमकल, स्वास्थ्य संस्था, एम्बुलेन्सको सम्पर्क नम्बरसमेत समावेश गरिएको छ ।

सो अवसरमा वडाध्यक्ष तामाङले प्रशासनिक काममा वडावासीले भोग्दै आएको समस्या समाधानका लागि नागरिक बडापत्रको हाते पुस्तिका तयार गरी वितरण गरिएको बताए । प्रत्येक घरधुरीमा नागरिक बडापत्र पु¥याएर त्यसको अध्ययन गर्न प्रेरित गरिने उनले बताए । ‘वडामा सिफारिस लिन आउँदा कागजात नपुगेर सेवाग्राहीले हैरानी खेप्दै आएका छन्’, उनले भने, ‘बडापत्रमा आवश्यक पर्ने कागजातको विवरण प्रस्ट उल्लेख गरिएको छ । घरमै भएको बडापत्र हेरेर वडा कार्यालय आउन सक्ने वातावरण बनाउन खोजिएको हो ।’

बडापत्रसँगै मह¤वपूर्ण सम्पर्क नम्बरहरु समेत नागरिक बडापत्रको हाते पुस्तिकामा राखिएको छ । वडावासीको सहजताका लागि दमकल, एम्बुलेन्स, अस्पताल र जनप्रतिनिधिहरुका सम्पर्क नम्बरसमेत राखिएको वडाध्यक्ष तामाङले बताए । ‘वडाको मह¤वपूर्ण दस्तावेजका रुपमा हामीले यसलाई प्रकाशन गरेका छौ’, तामाङले भने, ‘यो वडाको सम्पत्तिको रुपमा रहनेछ ।’

नागरिक बडापत्र प्रकाशनका लागि समितिसमेत बनाइएको थियो । समितिका सदस्य तथा छहारी टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद लम्सालले मह¤वपूर्ण भूमिका खेलेका थिए । हस्तान्तरण कार्यक्रममा वडा सदस्य लीलादेवी पोखरेल, इमप्रसाद पन्त, रूकमाया परियारको समेत सहभागिता रहेको थियो ।

वडा सचिव रुपबहादुर पण्डित क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रममा पुष्पाञ्जली टोल विकास संस्थाका उपाध्यक्ष केशवराज पाण्डे, अन्नपूर्ण टोल विकास संस्थाका अध्यक्ष पुरूषोत्तम कट्टेल, छहारी टोल विकास संस्थाका अध्यक्ष लम्साललगायतले मन्तव्य राखेका थिए । सो वडामा १ हजार ६४५ घरधुरी रहेका छन् । वडा बजेटबाट दुई हजार प्रति नागरिक बडापत्र प्रकाशन गरिएको थियो ।

आन्य समाचारहरु:-
September 19, 2023
तीजको दिन नारायणीमा पौडी खेल्न गएका एकै घरका दुई बालकको डुबेर मृत्यु

चितवन,असोज १- नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एउटै घरका दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram