महोत्तरी, साउन ११- महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक […]
सोलुखुम्बुमा छोरीलाई करणी गर्ने बाबुलाई ५२ वर्ष कैद

सोलुखुम्बु - सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।
१० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय एक पुरुषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।
बालिका करणीमा २५ वर्ष, हाडनाता करणीमा २५ वर्ष र हतियार देखाइ करणी गरेको अभियोगमा २ वर्ष ६ महिना गरी कुल ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो । पुरुष विरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । तीन वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताउनुभयो ।
मुद्दा अहिले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गामा साधक जायरका लागि पेस भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।
चितवन, वैशाख २६( चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले कँडेल परिवारले दिएको किटानी जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुंगटालाई अहिलेसम्म पक्राउ गर्न […]
काठमाडौं, वैशाख २२( नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा ९एमाले० का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन्। बुधबार पक्राउ पुर्जी […]
चितवन, वैशाख १४( चितवनमा लागुऔषध दुव्र्यसनका घटना पछिल्लो समयमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार बढ्दो सहरीकरण, घर परिवारको अवस्था, सामाजिक परिवेश, आर्थिक मन्दी र गरिबीका कारण […]