Listen Live: 

एउटा प्रदेशको सत्ता टिकाउन सभामुखको राजीनामा दिन लगाउनु जालझेल: राजेन्द्र लिङदेन

Radio Chitwan
मङ्लबार, साउन १६, २०८०

विराटनगर,साउन १६-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताएका हुन् ।

‘सरकार बनाउन उहाँहरूले सभामुखलाई राजीनामा दिन लगाउनुभयो । भोलि सरकार बनाउनका लागि एमालेले राजीनामा दिन लगाउने होला यसरी संविधानले परिकल्पना नगरेको अवस्थामा मुलुकलाई लैजानु गलत हो’, उनले भने, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।’

उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको बताए । लिङदेनले कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने बताए ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram