Listen Live: 

राष्ट्रिय युवा संघको जिल्ला कमिटि चितवनको विस्तारित बैठक सकियो, अधिवेशन गराउने जिम्मा अधिकारीलाई

Radio Chitwan
मङ्लबार, साउन १६, २०८०

चितवन, साउन १५-
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको विस्तारित बैठक सकिएको छ । मिसन नेक्सट इलेक्सन तार्गेट न्यू जेनेरेसन भन्ने नाराका साथ पूर्वि चितवनको रत्ननगरमा सोमबार(आज) भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम भएको थियो । विस्तारित बैठकले नयाँ सदस्यता वितरण अभियानालाई अगाडि बढाउने र जिल्ला, नगर कमिटिको अधिवेशन गराउने निर्णय गरेको छ ।

जिल्ला अधिवेशन आयोजक कमिटिमा शंकर अधिकारीको संयोकत्वमा समिति बनेको छ । त्यस्तै भरतपुर महानगरपालिका अधिवेशन आयोजक कमिटीमा राम कार्कीलाई संयोजक तोकिएको छ । जिल्ला अधिवेशन आगामी भदौ १५ र १६ गते हुने अधिकारीले जानकारी दिए । उनका अनुसार खैरहनी नगर कमिटिको अधिवेशन यही २७ गते र भरतपुर महानगरपालिकाको अधिवेशन भदौ २ गते हुँदैछ । अन्य पालिकाको भने यसअघि नै भैसकेको उनले जानकारी दिए । यसअघि माडि नगर कमिटिको अध्यक्षमा मुना मिया, रत्ननगर नगर कमिटिको अध्यक्षमा सन्देश पन्त, राप्ती नगर कमिटिको अध्यक्षमा सोम बहादुर पुन, कालिका नगर किमिटिको अध्यक्षमा जिवन थापामगर, र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा आशिक थापामगर चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै असार, साउन, भदौ र असोजमा संगठन विस्तारको अभियान नै थालेको छ । आज भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका युवा नेता महेश बस्नेत, क्षितिज थेबेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ४ सयभन्दा बढी युवा सहभागि भएको अधिकारीले जानकारी दिए ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram