Listen Live: 

सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग मेरो कुनै सम्बन्ध छैन: वर्षमान पुन

Radio Chitwan
सोमवार, साउन १५, २०८०

काठमाडौं, साउन १५-

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँग आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । उनले सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका बेल्जियम नागरिक छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको पनि उनले प्रष्ट्याएका हुन् ।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्न नियोजित चलखेलका रूपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको उनले बताए ।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एक पटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिएका छन् ।

‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’

पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरे । उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरू नेता पनि तयार हुनुपर्ने बताए ।

त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन उनले माग गरे । ‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ’, पुनले भने, ‘हामी नेताहरू, हाम्रा आफन्तहरू वा ज–जसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ । जेल जान तयार हुनुपर्छ ।’

पुनले यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको भनाइ थियो । ‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन’, उनले भने, ‘देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ ।’ पुनले पार्टीबाहिर वा भित्र अमुक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने बताए ।

पुनपछि बोलेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने जवाफ दिएका थिए ।

सुन तस्करी प्रकरणमा आफ्नो कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग र प्रहरीको अपराध अनुसन्धानमा पोख्त टिमले छानबिन गरिहेको भन्दै उनले यो अभियानलाई निस्कर्षमा पु¥याउन पार्टीका सबै नेता कार्यकर्ता र आमजनताको सहयोग जरुरी रहेको उल्लेख गरे । भ्रष्टाचार र अनियमितताविरोधी अभियान निस्कर्षमा पु¥याउन पार्टीभित्र आन्तरिक एकता मजबुत हुनुपर्ने उनको भनाइ थियो।

आन्य समाचारहरु:-
September 25, 2023
चितवनका डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]

September 25, 2023
बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]

September 23, 2023
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]

September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram