Listen Live: 

भरतपुरको मुटु नारायणगढमा बिग्रिएका खाना र सडेको खसिका टाउका

Radio Chitwan
बिहिबार, साउन ११, २०८०

चितवन, साउन ११–

भरतपुर महानगरपालिकाको मुटु हो नारायणगढ । नारायणगढको पनि पुलचोक र पोखरा बसपार्कमा यात्रुको धेरै चहलपहल हुन्छ । यहि स्थानमा रहेका होटल, किराना र मासु पसलले भने उपभोक्ताको स्वास्थ्यमा गम्भिर लापरबाही गरेको भेटिएको छ ।

भरतपुर महानगरको अनुगमन टोलीले बिग्रिएका खाना बेच्ने पुलचोकका मार्फा रेष्टुरेन्ट र होटल डिडी बन्द गरायो । उनीहरुलाई पाँच/पाँच हजार रुपैयाँ पनि जरिवाना तिराइएको भरतपुर महानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख ठानेश्वर सापकोटाले जानकारी दिए ।

त्यस्तै, पुलचोककै विरेन्द्र होटल र अमृत होटललाई पनि महानगरले पाँच/पाँच हजार रुपैयाँ जरिवाना लगायो । यी होटलका किचनमा अत्यधिक फोहोर र फ्रिज दुर्गन्धित भेटिएको महानगरले बताएको छ ।

अनुगमन टोलीले पोखरा बसपार्कस्थित पुरानो ताहिर मासु पसलको फ्रिजमा सडेर गन्हाएको अवस्थामा खसिको खुट्टा र टाउका भेटेको थियो । गन्हाएको २८ वटा टाउका र १८४ वटा खुट्टा बरामद गरी नष्ट गरिएको सापकोटाले बताए । मासु पसललाई पाँच हजार रुपैयाँ जरिवाना पनि तिराइएको हो ।

अनुगमन गरिएका पसलहरुबाट बरामद अखाद्य र दुर्गन्धित पदार्थ जफत गरी महानगरले खाल्डो खनेर पुरेको हो ।

आन्य समाचारहरु:-
September 26, 2023
सर्वाेच्चको प्रश्न: ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउनुको कारण के हो ?

काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 25, 2023
हामी कांग्रेस कब्जा गर्न लाग्यौँ, जनता अरुले कब्जा गरिसकेः अर्जुननरसिंह केसी

काठमाडौं,असोज ८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram