चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
भरतपुर महानगरलाई समयमै जग्गा वर्गीकरण नहुँदाको असर : लक्ष्यभन्दा ३२ करोड राजस्व कम

भरतपुर । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा आन्तरिक राजस्व संकलनको लक्ष्यभन्दा ३२ करोड १५ लाख रूपैयाँ कम राजस्व संकलन गरेको छ । एक अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भरतपुर महानगरपालिकाले २०७९/८० मा एक अर्ब १७ करोड ८५ लाख रूपैयाँ राजस्व उठाउन सफल भयो ।
२०७८/७९ मा भरतपुर महानगरले एक अर्ब २० करोड आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको थियो, तर लक्ष्यभन्दा बढी एक अर्ब ३१ करोड राजस्व संकलन गरेको थियो । महानगरले २०७७/७८ मा एक अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो, त्यो बेला पनि एक अर्ब पाँच करोड राजस्व उठाउन सफल भएको थियो ।
‘बर्सेनि लक्ष्यभन्दा बढी राजस्व संकलन भइरहेको थियो, २०७९/८० मा थोरै चुक्यौँ’, भरतपुर महानगरका कर अधिकृत जीवलाल कुँवरले भने, ‘यसपटक महानगरले लक्ष्यको ७८.५७ प्रतिशतमात्रै राजस्व संकलन गर्न सफल भएको छ, अन्य महानगरपालिकाको तुलनामा भरतपुरको राजस्व संकलन राम्रो मानिएको छ ।’
विगतका वर्षहरुमा भरतपुर महानगरले सबैभन्दा बढी राजस्व घरजग्गा कारोबारबाट उठाउने गरेको थियो । यसपटक महानगरले समयमै जग्गा वर्गीकरणको काम नसक्दा राजस्वमा गिरावट आएको हो ।
भरतपुर महानगरपालिका कर अनुगमन अधिकृत बुद्धिप्रसाद भुसालका अनुसार मंसिरमै सक्नुपर्ने जग्गा वर्गीकरणको काम वैशाखको अन्तिममा गएर बल्ल टुङ्गो लाग्यो, जसको असर राजस्वमा पर्न गयो । आन्तरिक विवादका कारण भरतपुर महानगरले समयमै जग्गा वर्गीकरणको काम टुङ्गो लगाउन सकेको थिएन । हुन त, चितवनका अन्य पालिकाले पनि समयमै जग्गा वर्गीकरण गर्न सकेनन् । चितवनका सात पालिकामध्ये रत्ननगर नगरपालिकाले सबैभन्दा पहिला जग्गा वर्गीकरणको काम सकेको थियो ।
‘जग्गा वर्गीकरण समयमै नहुँदा कित्ताकाट रोक्का भयो । कित्ताकाट रोक्का हुँदा घरजग्गाको कारोबार भएन, जसले गर्दा राजस्व सोचेजस्तो संकलन भएन’, अनुगमन अधिकृत भुसालले भने, ‘मुख्य राजस्वको स्रोत घरजग्गा कारोबार थियो, त्यसबाट कम राजस्व संकलन हुँदा लक्ष्य प्राप्त हुन नसकेको हो ।’ उनका अनुसार जग्गा वर्गीकरणपछि राजस्व संकलन सोचेजसरी संकलन भएको छ ।
यसपटक भरतपुर महानगरले मालपोत रजिष्ट्रेसन शुल्कबाट ५२ करोड ६६ लाख ९४ हजार रूपैयाँ संकलन गरेको छ । जब कि, २०७८/७९ मा मालपोत रजिष्ट्रेसनबाट ७८ करोड राजस्व संकलन भएको थियो । ‘घरजग्गा कारोबार नहुँदा घटेको राजस्व अन्य स्रोतबाट पूरा हुन सकेन’, अनुगमन अधिकृत भुसालले भने, ‘घर बहाल कर र व्यावसायिक कर पनि सोचेजस्तो संकलन हुन सकेन, जग्गा कारोबार नहुँदा घटेको राजस्व अरुले पूर्ति गर्न सकेन ।’
भरतपुर महानगरले २०७९/८० मा सम्पत्ति करबाट छ करोड ८१ लाख ५६ हजार रूपैयाँ संकलन गरेको राजस्व शाखाले जानकारी दिएको छ । यस्तै, मालपोत भूमिकरबाट महानगरले तीन करोड ४९ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
बहाल करबाट ११ करोड २३ लाख ३० हजार रूपैयाँ संकलन भएको कर अधिकृत कुँवर बताउँछन् । उनका अनुसार बहाल करको राजस्व पनि सन्तोषजनक हुन सकेन ।
कर अनुगमन अधिकृत भुसालका अनुसार घर बहाल कर र व्यावसायिक करमा मात्र कडाइ गर्ने हो भने २०८०/८१ मा सजिलै लक्ष्य भेट्न सकिन्छ, नत्र अहिलेजस्तै लक्ष्य भेटिँदैन । भरतपुर महानगरले चालू आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ ।
महानगरले २०७९÷८० मा प्राकृतिक स्रोत (नदीजन्य)बाट पाँच करोड ९१ लाख ५३ हजार राजस्व संकलन गरेको छ । यस्तै, महानगरले विज्ञापन करबाट ९३ लाख ३७ हजार, मनोरञ्जन करबाट सात लाख ९५ हजार, अन्य सेवा शुल्कबाट दुई करोड ३१ लाख चार हजार, नक्सापास दस्तुरबाट १० करोड ५५ लाख ३७ हजार, सिफारिस दस्तुरबाट छ करोड ९८ लाख ३० हजार रूपैयाँ संकलन गरेको छ ।
यस्तै, अन्य दस्तुरबाट चार करोड ३० लाख नौ हजार, प्रशासनिक दण्ड जरिवाना जफतबाट ८८ लाख ९६ हजार राजस्व संकलन भएको छ । व्यवसायीहरुले करको दर नभएर दायरा बढाउन भरतपुर महानगरपालिकालाई सुझाव दिएका छन्, तर महानगरले अझै करको दायरा बढाउन सकेको छैन ।
‘अध्ययनले ६० प्रतिशत व्यवसायी अझै करको दायरामा नभएका र ९० प्रतिशत घर बहाल कर उठ्न नसकेको देखाउँछ’, कर अनुगमन अधिकृत बुद्धिप्रसाद भुसालले भने ।

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]