चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
सम्पर्कविहीन २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौं, साउन १०–
नेपाल प्रहरीले आफूखुशी कार्यालयमा गैरहाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयल सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
सम्पर्कमा नरहेका प्रहरी हवल्दारमा इलाका प्रहरी कार्यालय कार्त्तिकेदेउराली, काभ्रेपलाञ्चोकमा दरबन्दी भएका प्रेमराज दुरा छन्।
त्यस्तै प्रहरी वृत्त बालाजुमा दरबन्दी रहेका सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुशीमा दरबन्दी भएका सरू कार्की, कोशी प्रदेश प्रहरी गण, विराटनगरमा दरबन्दी भएका कृष्णदेव चौहान, चितवनमा दरबन्दी रहेका धर्मेन्द्र सिंह र जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रणा तथा अनुसन्धान शाखामा दरबन्दी रहेका मेष बहादुर राना गरी पाँच जना प्रहरी सहायक हवलदारहरू सम्पर्कविहीन छन्।
विभिन्न जिल्लामा दरबन्दी रही सम्पर्कमा नरहेका प्रहरी जवानहरूमा सन्जिव देवकोटा, अर्मिला डिसी, सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र कुमार साह, रामकुमार याक्सो, बसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा, महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र बिपिन बिक्रम विष्ट छन्।

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]