Listen Live: 

नेपालको फर्सी नबिकेर गाईभैँसीलाई खोले पकाएर खुवाउँदै किसान,भारतबाट सात करोडको फर्सी आयात

Radio Chitwan
बुधबार, साउन १०, २०८०

झापा, साउन १०-

पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ । फर्सीमात्र होइन, नेपालको हिमालीबाहेक मधेस र पहाडी जिल्लामा अत्यधिक उत्पादन हुने कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्यवस्तु अपत्यारिलो मात्रामा भारतबाट आयात हुने गरेको पाइएको छ ।

आव २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताउनुभयो । उहाँका अनुसार गत एक वर्षमा रु १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, रु १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र रु आठ करोड ९६ लाख ८० हजार मूल्य बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट उक्त नाका हुँदै आयात भएको ठाकुरले जानकारी दिनुभयो ।

पूर्वीनाकाबाट सोही अवधिमा रु ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, रु ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, रु दुई करोड ७१ लाख ५२ हजार मूल्य बराबरको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, रु चार करोड ९८ लाख आठ हजार मूल्य बराबरको तीन हजार एक सय १३ मेट्रिक टन लौका, रु तीन करोड १० लाख आठ हजार मूल्य बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र रु तीन करोड ४० लाख ९६ हजार मूल्य बराबरको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ ।

भारतबाट मधेसदेखि हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु ४४ लाख ८० हजार मूल्य बराबरको एक सय १२ मेट्रिक टन फापर, रु छ करोड ६६ लाख ६६ हजार मूल्य बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ ।

खाद्यान्नमा चामल र फलफूलमा तरबुजाको आयात उच्च मात्रामा भइरहेको छ । कार्यालयका अनुसार सोही अवधिमा रु १७ करोड ३१ लाख २० हजार मूल्य बराबरको चार हजार तीन सय २८ मेट्रिक टन चामल र रु १७ करोड २८ लाख २४ हजार मूल्य बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा भारतबाट आयात भएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट विगत एक वर्षमा जम्मा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको थियो । जसमा रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्यको ताजा तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाले गुनासो गर्नुभएको छ । उहाँका अनुसार संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको बताउनुभयो ।

इलाम नगरपालिकावडा नं १२ की तुलसा रायाले यही वर्ष बारीमा फलेका करिब एक ट्रक फर्सी नबिकेपछि गाईवस्तुलाई खोले खुवाएको बताउनुभयो । “बारीमा फलेका फर्सी, इस्कुस, बिहीजस्ता तरकारी बिक्री हुँदैनन्”, रायाले भन्नुभयो, “त्यसै कुहिएर खेर जान दिनुभन्दा गाईवस्तुलाई खुवाउनु राम्रो हुन्छ जस्तो लाग्यो ।”रासस

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram