Listen Live: 

राप्ती नगरपालिका-२ का वडाअध्यक्ष उप्रेतीविरुद्ध प्रहरीमा उजुरी

Radio Chitwan
सोमवार, साउन ८, २०८०

चितवन । राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्याम सुन्दर उप्रेतीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । श्रीमती र नावालिक छोरीलाइ निरन्तर म्यासेज र फोनमा अश्लिल व्यवहार गर्न लगाएको आरोपमा उप्रतीविरुद्ध सोही वडाका एक पुरुषले उजुरी दिएका हुन् ।

आफु कामको शिलशिलामा बहिर भएको समयमा श्रीमतीसंग वडा अध्यक्षले पटक पटक फोनमा कुराकानी गर्ने, म्यासेन्जरमा आपत्तिजनक कुराकानी गर्ने तथा आफ्नो नावालिग छोरीको विभिन्न किसिमको तस्विर माग्ने गरेको  उजुरीमा उल्लेख छ ।

वडाअध्यक्ष उप्रेती र आफ्नी श्रीमतीको गलत क्रियाकलापको शिकार आफ्नी नावालिग छोरी भएको भन्दै वडाअध्यक्ष उप्रेतीलाइलाई तत्काल झिकाइ कारवाहि गर्न उनले प्रहरीमा दायर गरेकाे उजुरीमा उल्लेख छ ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालय चितवनमा उप्रेती विरुद्ध उजुरी लिएर जाँदा प्रहरीले विभिन्न कारण देखाउदै उजुरी फिर्ता गराएको उनको आरोप छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्दा प्रहरीले कार्यालयमा निवेदन आएको र यसलाई छलफल मार्फत टुंग्याउने बताएको छ ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष उप्रेतीको यो दोस्रो कार्यकाल हो । उनी नेकपा एमाले राप्ती नगर कमिटी उपाध्यक्ष समेत हुन ।

आन्य समाचारहरु:-
September 25, 2023
चितवनका डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ

चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]

September 25, 2023
बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]

September 23, 2023
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]

September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram