चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
रत्ननगरमा मुटुरोग शिविर : ५१७ जनाको मुटु परिक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिबार आयोजना गरिएको मुटु परीक्षण शिविरमा ५१७ जनाको मुटु परीक्षण गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लव अफ रत्ननगरको संयुक्त आयोजनामा नेपाल नमुना मावि परिसरमा मुटु सम्बन्धी शिविर गरिएको हो ।
शिविरमा ५१७ जना मुटुरोगीको परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको रत्ननगर खानेपानी का अध्यक्ष माधव अर्यालले जानकारी दिए। शिविरमा ३१८ जनाको इको, ४३५ जनाको इसिजी, सुगर तथा प्रेसर चेक गरिएको उनले जानकारी दिइन् । शिविर भरतपुर अस्पताल र बकुलहर रत्ननगर अस्पतालका विशेषज्ञ डाक्टर तथा मेडिकल अफिसरहरुले विरामीले स्वास्थ्य जाँच गरेका थिए । शिविरको एक औपचारिक कार्यक्रम कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए ।
सो अबसरमा उनले मुटुरोग सर्वव्यापी समस्याको रुपमा अगाडि आइरकेको भन्दै उपचार र रोकथामको लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । मुटु जोगाउन खानपान र रहनसहनलाई विचार गर्नुपर्ने बेला आएको भन्दै उनले यसको उपचार प्रक्रियालाई समेत राज्यले प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए । मेयर सापकोटाले विपन्न नगरबासीको उपचारको लागि निःशुल्क स्वास्थ्य बिमा र बकुलहर रत्ननगर अस्पालतमा उपचारकोष स्थापना गरिएको बताए । कार्यक्रममा रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले खानेपानीका उपभोक्ताको स्वास्थ्य जोगाउन शिविर आयोजना गरिएको बताए । हामीले खानेपानी मात्र वितरण गर्दैनौं उनले भने उपभोक्ताको स्वास्थ्य प्रति उत्तिकै जिम्मेवार पनि छौं ।

काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]
काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]