Listen Live: 

नगरक्षेत्रभित्रका थप दुईवटा सामुदायिक विद्यालयलाई कालिकाले दियो स्कुल बस

Radio Chitwan
बुधबार, साउन ३, २०८०

कालिका, ३ साउन । कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका दुईवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । वडा नं. ६ मा स्थित माध्यमिक विद्यालय रेडक्रसग्राम र जमुनापुर माध्यमिक विद्यालयलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई बस हस्तान्तरण गर्नुभएको हो । सिटकभर र दर्ता बाहेक २४ लाख ६० हजार रुपैयाँमा बस खरिद गरिएको हो । नगरपालिकाले बस खरिदका लागि प्रति वस २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०४६ सालमा स्थापना भएको माध्यमिक विद्यालय रेडक्रसग्राममा ३ सय ८७ जना विद्यार्थी छन् । विद्यालयले अहिले १ वटा बस दैनिक ५ हजार रुपैयाँ भाडा तिरेर विद्यार्थी बोक्दै आएको थियो । यस्तै जमुनापुर माध्यमिक विद्यालयमा ३ सय १२ जना विद्यार्थी छन् । बस हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । भौतिक पूर्वाधार, यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । नगरप्रमुख रेग्मीले अभिभावक, विद्यार्थी र जनप्रतिनिधिहरुको चाहना अनुसार बस हस्तान्तरण गरिएको जानकारी दिनुभयो । न्यूनतम शुल्क लिएर दिगो रुपमा बस संचालनका लागि ध्यान दिन व्यवस्थापन समितिलाई सुझाव दिनुभयो । सस्तो लोकप्रियताका लागि निशुल्क बस सेवा संचालनगछौं भन्ने होइन, चालक, सहचालक, इन्धनको खर्च जुटाउनका लागि बेग्लै कार्य विधि बनाएर अगाडी बढ्न व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा अहिले सम्म २१ करोडबढी रकम खर्च गरिएको सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणदेखि स्कुल बस, लाइबेरी व्यवस्थापन, ल्याब निर्माण लगायतका क्षेत्रमा नगरपालिकाले लगानी गरेको हो । यस आर्थिक वर्षमा मात्रै ३ करोडबढी बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश संघ गरी २१ करोड ४० लाख बजेट छुट्टाएको छ उहाँले भन्नुभयो । यतिधेरै लगानीकाबीचपनि नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अनगिन्ती समस्या रहेको उहाँले बताउनुभयो । वडा नं. ४ का वडा अध्यक्ष समेत रहनुभएका सामाजिक विकास समितिका संयोजक श्रेष्ठले प्राथमिकताका आधारमा एकपछि अर्को समस्या सामाधानगर्दै जाने स्पष्टपार्नुभयो । बस हस्तान्तरण कार्यक्रममा कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष, टिकाराम रेग्मी, जमुनापुर माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता न्यौपाने, माध्यमिक विद्यालय रेडक्रसग्रामका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलवहादुर वि.क लगायतले बोल्नूभएको थियो । कार्यक्रम नगरपालिकाको उपप्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष शन्तवीर स्याङतान, वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, वडा नं.७ का वडा अध्यक्ष कमलराज मोक्तान लगायतको उपस्थिती रहेको थियो । कालिका नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरु छन् । यस अघिपनि भीमोदय नमुना माध्यमिक विद्यालय, शमीपुर विद्यालय, चर्तुमुखी माध्यमिक विद्यालयलाई नगरपालिकाले बस हस्तान्तरण गरिसकेको छ l

आन्य समाचारहरु:-
September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

August 22, 2023
चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पुरा

चितवन, भदौँ ५–एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ […]

August 17, 2023
नगर प्रमुख लामा र स्वास्थ्य विमा अभिकर्ता विच छलफल

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram