Listen Live: 

रत्ननगर र बछौली खानेपानी उपभोक्ता संस्था समायोजन

Radio Chitwan
सोमवार, साउन १, २०८०

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र बछाीली खानेपानी तथा उपभोक्ता संस्था खानेपानी एकअर्कामा समायोजन गरिएको छ ।

लामो समय देखि सञ्चालनमा रहेको रत्ननगर खानेपानीमा केही बर्ष अघि मात्र सञ्चालनमा आएको बछौली खानेपानी समायोजन गरिएको हो । रत्ननगर खानेपानीले आइतबार पत्रकार सम्मेलन गरी एउटै उद्देश्य बोकेका दुई वटा संस्थाको प्रभावकारी सञ्चालनको लागि समायोजन गरिएको जनाएको छ । दुई संस्था बीच एकीकरण भएपछि उपभोक्ताको संख्या १२ हजार ७८० पुगेको छ ।

समायोजन पूर्व रत्ननगर खानेपानीको उपभोक्ता संख्या १२ हजार १० र बछौली खानेपानीका उपभोक्ताहरुको संख्या ७७० रहेको थियो । रत्ननगर खानेपानीले रत्ननरको वडा नं १,२,३,४,५,८,९,१०,११,१२,१३ र बछौली खानेपानीले वडा नं ६ र ७ का उपभोक्तालाई पानी वितरण गर्दै आएको थियो । समायोजन पछि रत्ननगर खानेपानीको संस्थागत घारा १५८, सामुिहक धारा २५६, विपन्न बर्गको धारा ८५५ र निजी घारा ११ हजार ५११ गरि उपभोक्ताको संख्या १२ हजार ७८० पुगेको अध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिए । उनले आफू निर्वाचित भएर आएको एक बर्षमा दुई संस्था बीच एकीकरण, धारा जडानमा २५ प्रतिशत छुट, पाईपलाइन विस्तार, उपभोक्ता संख्या वृद्धि र पानी सुरक्षाको लागि अर्थपूर्ण काम गरिएको बताए ।

१० महिनाको अबधिमा एक हजार ५० उपभोक्ता थप तथा ७९ किलोमिटर पाइपलाईन विस्तार गर्न सफल भएको बढाउन सफल भएको अध्यक्ष अर्यालले जानकारी दिए । दुई संस्था एकीकरण भएपछि बछौलीका उपभोक्तालाई सहज रुपमा खानेपानीको व्यवस्था गर्न ट्याङ्की मर्मत, पाईपलाइन विस्तारमा ध्यान केन्द्रीत गरिएको अध्यक्ष अर्यालले जानकारी दिए । सेवा क्षेत्र भित्रका ८१ प्रतिशत घरधुरीमा खानेपानी पु–याएका छौैं उनले भने बाँकी १९ प्रतिशत घरधुरीमा पानी पु–याउन पाइपलाइन विस्तार र छुट प्याकेज कार्यक्रम ल्याइएको उनले बताए ।

२०५८ सालमा सरकारको ५० प्रतिशत र उपभोक्ताको ५० प्रतिशत लगानीबाट सुरु भएको सो आयोजना २०७३ सालमा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशतको मर्मत सम्भार योजना सम्पन्न गरी २०७५ सालमा सोही अनुसारको सह लगानीमा निर्माण कार्य सम्पन्न भएको थियो । सो खानेपानीले दसैंमा सबै उपभोक्तालाई एक महिनाको महसुल छुटसंगै अतिविपन्न, अपाङ्ग, एकल महिला र पुरुषहरुलाई धारा जडानमा ५० प्रतिशत र विषेश अफर सहित अन्य उपभोक्तालाई २५ प्रशित सम्म छुट दिँदै आएको उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

अहिले सम्म साविकको रत्ननगरमा ४२४ किलोमिटर र बछौलीमा ५४ किलोमिटर गरी ४७५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । सो संस्थाले बैंकहरुसंगको सहकार्यमा बजारक्षेत्रका शान्तिकचोक, टाँडीचोक, सौराहाचोक, निपनीचोक र भानुचोकमा सार्वजनिक धारा सञ्चालनमा ल्याएको सचिव प्रताप डल्लाकोटीले जानकारी दिए । सो संस्थाले पानीको महसुल बापत मासिक करिब ३९ लाख ५० हजार सम्म आम्दानी गर्दै आएको छ ।

संस्थाले गरेको आम्दानीबाट कर्मचारीलाई मासिक तलबसंगै आयोजनाको मर्मत तथा सरसफाईको क्षेत्रमा समेत खर्च गर्दै आएको कोषाध्यक्ष सरस्वती लामाले जानकारी दिइन् । वडा नं १ देखि १३ सम्ममा १५ हजार ८०९ घरधुरी मध्ये १२ हजार ७८० घरधुरीमा खानेपानी पुगेको र बाँकी रहेका ३ हजार २९ घरधुरीमा एक घर एक धाराको लक्ष्य अनुसार कार्य भइरहेको उनले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा कार्यसमितिका सदस्य मीना श्रेष्ठ, लक्ष्मी कुमारी भट्ट लामिछाने, केशवनारायण श्रेष्ठ, शशीकला प्रधान,इश्वर खनाल तथा लेखा समिति संयोजक जीवनलाल श्रेष्ठ,सदस्य पार्वती घिमिरे लगायतको सहभागिता रहेको थियो । यसैबीच सो संस्थाले साउन ६ गते मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको लागि सो शिविर आयोजना गरिएको अध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram