चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
राप्तीको सार्वजनिक सुनुवाइ, जनभावनाअनुसार काम गर्न सुझाव

राप्ती । राप्ती नगरपालिकाका स्थानीयले जनभावनाअनुसार काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् । नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को तेस्रो तथा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले यस्तो सुझाव दिएका हुन् । साथै उनीहरुले जनप्रतिनिधि कार्यक्रममा उपस्थित नभएकोमा आक्रोशसमेत पोखे ।
नगरप्रमुख शमशेर लामासहित वडा अध्यक्षहरु जल्लु महतो, सुमिता डल्लाकोटी र वडा नम्बर–१ की कार्यवाहक वडा अध्यक्ष ग्रेस तामाङ मात्र उपस्थित भएका थिए । राप्ती–५ का किसान रामशरण उप्रेतीले लम्पी स्किन रोग नियन्त्रणमा तदारूकता देखाउनुपर्ने, पशु बिमाको व्यवस्था गर्नुपर्ने, किसानलाई दिने अनुदान पारदर्शी हुनुपर्ने माग गर्दै उपप्रमुखसहित अन्य वडा अध्यक्षहरु किन उपस्थित नभएको भन्दै प्रश्न गरे । ‘जनताका समस्या धेरै छन्, सम्बोधन हुन सकेको छैन’, किसान उप्रेतीले भने, ‘समस्याबाट भाग्ने होइन, मन–मुटुमा बस्ने गरी काम गर्नुपर्छ ।’ उनले नहर विभागको जग्गा खाली गरी संरक्षण गर्न सुझाव दिए ।
अर्का स्थानीय विष्णुप्रसाद काप्रीले सार्वजनिक शौचालयको व्यवस्था गर्नुपर्ने, खस आर्य समुदाय पनि गरिबीको चपेटामा रहेकाले दलित, आदिवासी, जनजातिलाई मात्र प्राथमिकता नदिन आग्रह गरे । राप्ती–६ का सन्तकुमार चौधरीले कृषि र पर्यटनको सम्भावना बोकेको नगर भए पनि उचित बजेट तथा कार्यक्रम ल्याउन नसकेको गुनासो गरे । ‘कृषिपछि पर्यटन हाम्रो नगरको मुख्य आधार हुो’, चौधरीले भने, ‘यी दुई क्षेत्रलाई विशेष प्राथमिकता दिन सके राप्ती समृद्ध नगर बन्नेछ ।’
अर्का सहभागी सुदर्शन कँडेलले खानेपानी, सहकारी संस्थाको अनुगमन गर्न सुझाव दिए । ‘केही खानेपानी संस्था वर्षौंसम्म अधिवेशन नगरी सञ्चालन छन्, त्यसको अनुगमन गर्ने कसले ?’ कँडेलले भने ।
राप्ती–६ भूगोलको हिसाबले अन्य वडाभन्दा ठूलो भए पनि बजेटमा कम प्राथमिकतामा पर्ने गरेको भन्दै अनुज उप्रेतीले गुनासो गरे । आवश्यकताका आधारमा अनुदान वितरण गर्नुपर्ने भन्दै उनले वास्तविक किसानको पहुँचमा पुग्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी नगरवासीको गुनासो, जिज्ञासा सुनिसकेपछि नगरप्रमुख शमशेर लामाले धेरै काम गर्ने तीव्र चाहना भए पनि स्रोतसाधन पर्याप्त नभएको बताए । ‘स्रोतसाधन सीमित छ, सीमित स्रोतले धेरै माग पूरा गर्नुपर्छ’, नगरप्रमुख लामाले भने, ‘बाँकी समय पनि जनतासँग सहकार्य र समन्वय गरेर काम गर्नेछौँ । किसानले पाउने अनुदानलाई एकरुपता ल्याउन वर्तमान जनप्रतिनिधिले पहल थालेको भन्दै अनुदानको सूचना घर–घरमा पु¥याउने उनले बताए । नहर विभागको जग्गामा बसेकाहरुलाई खुसी बनाएर जग्गा खाली गर्ने प्रमुख लामाले प्रतिबद्धता जनाए ।
कला पाठशाला कलेज प्रालिको सहजीकरणमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले नगरपालिकाको एक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]
काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]