Listen Live: 

रत्ननगर नगरपालिको सार्वजनिक सुनुवाई : नगरबासीको गुनासो भन्दा सुझाब बढी

Radio Chitwan
शनिबार, असार ३०, २०८०

रत्ननगर । रत्ननगर नगरपालिको शनिबार सम्पन्न आर्थिक बर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाईमा नगरबासीहरुले नगरको विकासको लागि सुझाब दिएका छन् । एक बर्ष भित्र भएका कामको समीक्षा गर्दै नगरबासीको सुझाब संकलनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरबासीले गुनासो भन्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई विकास निर्माण,सुसासनका विषयमा सुझाब बढी दिएका छन् । नगरबासीहरुले फोहोर व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण, कृषि र पशुपालनमा अनुदान वितरण, फोरलेन सडकको व्यवस्थापन, लागु औषध नियन्त्रण, दिवा खाजाको अनुगमन, सौराहाको पर्यटन विकास लगायगका विषयमा गुनासोसंगै सामधानको उपायको बारेमा सुझाब दिएका छन् ।

कार्यक्रममा सहभागी अधिकाँस नगरबासीहरुले स्थानीय सरकारको लगानी अर्थपूर्ण हुने भन्दै देखिने ठाउँमा लगानी गर्न आग्रह गरेका छन् । कार्यक्रममा स्वाभलम्बन टोल विकास संस्थाका अध्यक्ष युगबहादुर थापाले मेयर प्रलाद सापकोटाको नेतृत्वको जनप्रतिनिधिको टिमले विकास निर्माण र सुसाधनको क्षेत्रमा अर्थपूर्ण काम गरेको बताए । कृषि र पशुपालनको माध्यमबाट नगरबासीलाई आत्मनिर्भर बनाउने योजना अनुरुप वितरण गरिएको अनुदान सार्थक बनेको उनको भनाई छ । उनले विकास निर्माण स्थलमा योजनाको विबरण सहित देखिने गरी बोर्ड राख्न आग्रह गरे ।

रत्ननगर १३ का लक्ष्मण पौडेलले फोहोर व्यवस्थापन, सुकुमबासीलाई लालपूर्जा वितरण,सीपमुलक तालिम,सामुदायिक विद्यालयमा भइरहेको राजनीति तथा घरेलु मदिराको उत्पालनमा रोक लगाउन आग्रह गरे । युवा नेता दीपक थापाले विपन्न नागरिक उपचार कोषको रकम बृद्धि गरी ६० लाख पु¥याउन आग्रह गरे । कार्यक्रममा परशुराम शर्मा, शिब सुवेदी,बसन्त राना,मिना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,पार्वती घिमिरे, पूर्णबहादुर आलेमागर,प्रलाद ढाकुर, मणिप्रकास खतिवडा,कृष्ण पौडेल, शम्भूभक्त थपलिया विरन्जना घिमिरे लगायतले विकास निर्माणप्रति गुनासो र सुझाब दिएका थिए ।

नागरिकको गुनासो र सुझाब सुनेपछि मेयर प्रलाद सापकोटाले पर्यटकीय नगरी सौराहालाई सिरमा राखेर रत्ननगरलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी विकासको गतिलाई अगाडि बढाएको बताए । कृषि र पशुलनको लागि प्रयाप्त अनुदान दिएका छौं,शिक्षा र स्वास्थ्यमा नागरिकको अपेक्षा अनुसार काम गरेका छौं उनले भने विरोधका लागि विरोध नगरौं, हामी काम गर्न आएका हौं, नागरिकको अपेक्षा अनुसार सबै काम गर्दैछौं । उनले सौराहाको विकासको लागि एक बर्षमा ४० करोड बढी लगानी भइसकेको बताए ।

मुख्य बजारमा ढल, सौराहालाई बाढीबाट जोगाउन फेब्रिक ड्याक र १४ करोड २४ लाखको लगानीमा नमुना सडक निर्माण भइरहेको मेयर सापकोटाले बताए । स्वास्थ्य तर्फ रत्ननगर अस्पताल परिसरमा मातृशिशु अस्पताल सञ्चालनको लागि भवन निर्माण, ३ हजार २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा, ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा रहेको मेयर सापकोटाले बताए । मेयर सापकोटाले कृषि र पशुपालनको विकासको लागि चालु आर्थिक बर्षमा मात्र ४ करोड रुपैया अनुदान वितरण गरिएको बताए ।

कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले विकास निर्माणको गुणस्तरका लागि नगरपालिकाले कसैसंग सम्झौता नगर्ने बताए । विकास निर्माणमा नगरबासी पनि सचेत हुनुपर्ने भन्दै उनले काम विग्रिन थाले नागरिक स्तरबाट खबरदारी गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले चालु आर्थिक बर्षमा भएका काम र उपलब्धीको बारेमा प्रकास पार्दै नागरिकको सुझाब र अपेक्षा अनुसार काम भइरहेको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले नगरबासीले राखेको जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका प्रमुखहरुले लगानीलाई अर्थपूर्ण बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा संस्थापक नगर प्रमुख नारायण वन,निर्वतमान उपमेयर विमला दुवाडी, नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल, एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण अधिकारी, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, समाजबादीका नगर सचिव इश्वरराज अधिकारी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले लगायतले मन्तव्य राखेका थिए । विप्स मिडियाको सहजीकरणमा भएको कार्यक्रम पत्रकार धु्रबराज खनालले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram