Listen Live: 

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, गृहनगर भरतपुर–१४ शोकमग्न

Radio Chitwan
बिहिबार, असार २८, २०८०

शिवनगर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको बुधबार निधन भएपछि उनको गृहनगर भरतपुर–१४, शिवनगर अहिले शोकमग्न बनेको छ । ६९ वर्षकी उनी लामो समयसम्म दुर्लभ रोगबाट ग्रसित थिइन् ।

नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष आरसी अधिकारीले एउटा अभिभावक गुमाएको महसुुस भएको बताए । ‘नेतृत्वलाई सधैँ सही सल्लाह दिने परिपक्वसँगै पार्टी र आन्दोलनप्रति सदैव समर्पित अभिभावक गुमाएका छौँ’, उनले भने, ‘एउटा असल अभिभावक गुमाएको अनुभूति भएको छ ।’ सधैँ सरल र व्यावहारिकरुपले प्रस्तुत हुने सीताको बानी रहेको उनले बताए । पार्टीका नेता तथा कार्यकर्तालाई पनि सीताले आफ्नै परिवारका सदस्यलाई जसरी व्यवहार गर्ने गरेको अधिकारीले बताए ।

भरतपुर–१४ का वडा अध्यक्ष राजेन्द्र साँखीले सीता दाहालको निधनले वडा नै शोकमा डुबेको बताए । ‘सिङ्गो राष्ट्र र भरतपुर महानगरपालिकाको नेतृत्व गर्नेलाई सही सल्लाह दिँदै आउने व्यक्तिको निधनले वडा नै शोकमा डुबेको छ’, उनले भने, ‘गणतन्त्र र लोकतन्त्रका लागि लडेको अथक योद्धाको जीवनसाथी जसले देशलाई आमूल परिवर्तन गर्न मह¤वपूर्ण योगदान गर्नुभएको छ । उहाँको आज दुःखद देहावसान भएको छ ।’

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले माओवादी आन्दोलनमा सुप्रिमोलाई सधैँ साथ दिएकी दाहालको दुःखद निधन भएको बताए । उपचारका क्रममा मृत्यु भएकी दाहालको परिवारमा उनले समवेदना व्यक्त गरे । ‘उहाँको निधनले हामी दुःखी छाँै । उहाँप्रति म र मेरो पार्टीले श्रद्धाञ्जली व्यक्त गर्दछ’, उनले भने ।

नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले दाहालको निधनले राजनीतिक परिवारमा ठूलो क्षति भएको बताए । ‘उहाँको निधनले हामीलाई दुःखी बनाएको छ । उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ, र परिवारमा गहिरो समवेदना छ’, उनले भने ।

सीता विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुबा महेश्वर पौडेलको कोखबाट जन्मिएकी थिइन् । २०११ असार २९ गते कास्कीको हेम्जाबाट सीताको परिवार चितवनको सुन्दरबस्ती सरेको थियो । त्यही सुन्दरबस्तीबाट प्रचण्डले सीतालाई शिवनगरस्थित घरमा भिœयाएका थिए । प्रचण्डको परिवार कास्कीको ढिकुरपोखरीबाट विसं २०१९ मा चितवन भरतपुरको शिवनगर बसाइसराई गरेको थियो । प्रचण्ड र सीताबीच २०२६ वैशाखमा मागी विवाह भएको हो ।

‘शिवनगरको प्रचण्ड टोलमा बनेको नयाँ घरमा अचेत अवस्थाकी श्रीमती सीतालाई लिएर प्रचण्ड छोरी रेनु र गंगासहित सरेका थिए । त्यही नै अन्तिम रह्यो, उनी फेरि चितवन आउन पाइनन्’, स्थानीय रोशन दाहालले बताए । छोरा प्रकाशको वियोगले गलेकी सीता त्यसपछि बौरिन सकिनन्, छोरीको पीडा गुमाउँदाको घाउमा खाटा नबस्दै छोरा गुमाउनुपर्दा उनको मनमा गहिरो चोट लाग्यो, त्यो चोटबाट उनी बौरिनै नसकेको उनले बताए । ‘छोराको वियोगमा गलेकी उनलाई अन्य रोगले गाँज्दै लग्यो’, उनले भने, ‘उनी पार्किन्सनलगायतका दुर्लभ रोगको सिकार बनिन् ।’

लामो समय ओछ्यान परेकी सीता दाहालको बुधबार निधन भएको हो । नर्भिक अस्पतालका अनुसार उनलाई हृदयघात भएको थियो ।

सीता दाहालको जीवन कहिल्यै पनि सहज तरिकाले बितेन । १० वर्षे जनयुद्धमा जति दुःखकष्ट भोगिन्, त्योभन्दा बढी कष्टकर र पीडादायी भयो शान्ति प्रक्रियामा आएपछि, उनको जीवन । उसो त, उनका श्रीमान् प्रचण्ड तीनपटक प्रधानमन्त्री बने । दुईपटक उनी नेपालको पहिलो महिला पनि बनिन् । तर, तेस्रोपटक उनले जीवनभरि सुखदुःखमा साथ दिएका श्रीमान् प्रधानमन्त्री बनेको पनि थाहा नपाउने भइसकेकी थिइन् ।

प्रचण्डलाई देशको प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत साथ र हात दिने अथक पथिक सीता दाहालको वीरता, साहस अनि समर्पण उदाहरणीय रहेको माध्यमिक विद्यालयका शिक्षक शिवनगर निवासी ७१ वर्षीय त्रिलोचन आचार्य बताउँछन् ।

कास्कीमा जन्मेकी सीता उमेर १६ टेक्दा नटेक्दै विवाह बन्धनमा बाँधिएर बुहारीले बेहोर्ने बुहार्तन सहँदै श्रीमान्ले चालेका सबै कदममा साथ दिँदै अघि बढिन् । २०२८ सालमै सीता पनि कम्युनिस्ट पार्टीको सदस्य बनेकी थिइन् । २०३० मा जेठी ज्ञानु, २०३३ मा माइली रेनु, २०३५ मा कान्छी गंगा र २०३८ मा पुत्र प्रकाश जन्मे । प्रकाश जन्मिनुअघि प्रचण्ड पार्टीको पूर्णकालीन सदस्य भइसकेका थिए ।

पुलिसको दमनबाट जोगाउनका लागि भनेर पुष्पकमलका पिता मुक्तिराम दाहालले उनीहरुलाई छुट्टयाइदिए । चार जना भन्ट्याङभुन्टुङका साथमा सीता एक्लै भइन् । धेरथोर माइतीको सहारासँगै कृषिकर्म गरेर तीन छोरी र एक छोराकी आमा सीताले बालबच्चा हुर्काए पनि चाहेअनुसार बच्चाबच्चीलाई पढाउन सकिनन् । त्यसमा सीताको भन्दा उनका श्रीमान्ले लिएको राजनीतिक बाटो नै प्रमुख बाधक बन्न पुगेको आचार्य बताउँछन् । तर, उनी प्रचण्डको घरपरिवार मात्र सम्हालेर बसिनन् । उनको जीवन पनि छापामार शैलीको भयो । जनयुद्ध सुरू भएपछि नेपालमा बस्न कठिन भयो ।

२०५३ सालमा माओवादीले हेडक्वार्टर भारतको सिलिगुडी सा¥यो । सीता दाहाल पनि २०५३ सालमा सिलिगुडी गएकी थिइन् । त्यसपछि उनका दिन पनि माओवादी जनयुद्धमा होमिएका नेताहरुको भन्दा कम कष्टकर र रोमाञ्चकारी नभएको शिक्षक त्रिलोचन आचार्य बताउँछन् ।

कान्छी छोरी जन्मेको वर्ष सीताका श्रीमान् कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर घरबाट निस्केपछि सीताको जीवन एकतमासले निरसिलो बनेको, परिवार पाल्ने आशा गरिएको जेठो छोरो नै पार्टी कार्यकर्ता बनेपछि पञ्चायती प्रशासनको यातना खेप्न बाध्य भयो, अबोध दाहाल परिवार । त्यसको पहिलो मार पनि सीतालाई नै परेको उनी बताउँछन् ।

विवाह भएदेखि झन्डै २५ वर्षको लावारिसजस्तै लाग्ने स्थिति व्योहोरेकी सीता पछि श्रीमान्सँगै राजनीतिकरुपमा विद्रोही मुख्य नेताकी पत्नीका रुपमा बदलिएर श्रीमान्सँगै हरक्षण रहन पुगिन् । पार्टीको जनमुक्ति सेनाको भन्दा बढ्ता जनयुद्धका सुप्रिम कमान्डरको सुरक्षा कवच बन्ने अवसरसमेत स्थितिले सीतालाई नै सुम्पिएको स्थानीय रामचन्द्र दाहाल बताउँछन् ।

माओवादी जनयुद्ध सुरू भएर भूमिगत भएपछि पार्टीका मह¤वपूर्ण बैठकमा पनि उनको सहभागिता हुने गरेको थियो । उनी माओवादीकी सल्लाहकार थिइन् । माओवादीले जनयुद्धकालमा प्रचण्डलाई हेडक्वार्टर भन्ने गथ्र्यो । त्यही हेडक्वार्टरसँग

जोडिएकाले उनी पनि माओवादीका हरेक निर्णयमा सहभागी हुने गर्थिन् ।

#पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अपर्ण गर्दै प्रधानमन्त्री प्रचण्ड, छोरीहरु रेनु, गंगा र अन्य आफन्तजनहरु ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram