Listen Live: 

जिल्ला आयुर्वेदबाट ११ महिनामा ८३ हजार बढीले लिए सेवा

Radio Chitwan
मङ्लबार, असार २६, २०८०

रत्ननगर । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र रत्ननगरबाट चालु आर्थिक बर्षको ११ महिनामा ८३ हजारले सेवा लिएका छन् । सोमबार आयोजना गरिएको आयुर्वेद सेवा प्रर्बधन सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार २०७९ साउन देखि २०८० जेठ सम्म ८३ हजार ३७९ जनाले सेवा लिएका हुन ।

स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका विरामीहरुले १० प्रकारका सेवा लिएका छन् । ५० हजार ८३३ जनाले बहिरंग चिकित्सा, ५ हजार १३७ जनाले योग सेवा, ९ हजार ६६३ जनाले पूर्वकर्म/पञ्चकर्म ६ हजार ६८० जनाले ज्येष्ठ नागरिक सेवा, एक हजार २९ जनाले स्तनपाइ आमा तथा शिशु सेवा, ६ हजार ३९४ जनाले नागरिक आरोग्य स्वास्थ्य सेवा, २ हजार ८५९ जनाले ल्याब सेवा, ४९१ जनाले अकुपन्चर सेवा, २३० जनाले फिजियोथेरापी सेवा र ६३ जनाले अल्ट्रासाउण्ड सेवा लिएको केन्द्रकी प्रमुख डाक्टर कोपिला अधिकारीले जानकारी दिइन् ।

पछिल्लो समय आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएको छ । रत्ननगरमै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा आइसकेको छ । सरकारले ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनको लागि भवन निर्माण सुरु गरिसकेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको प्रमुख अधिकारीले जानकारी दिइन् ।

चालु आर्थिक वर्ष २०७९/८० मा आयुर्वेद अस्पताल निर्माणका लागि रु चार करोड बजेट विनियोजन भएर काम भइरहेको उनले जानकारी दिए । बागमती प्रदेश सरकारले आगामी आव २०८०/८१ मा उक्त भवनका लागि पुनः रु तीन करोड ५० लाख बजेट विनियोजन गरिसकेको उनले बताइन् । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको जग्गामा आयुर्वेद अस्पतालको भवन बन्न लागेको हो । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, ल्याब, एक्सरे, भिडियो एक्स–रे कक्ष रहने प्रमुख अधिकारीले जानकारी दिइन् । वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद चिकित्सा कोरोनापछि प्रभावकारी बनेको बताए ।

आयुर्वेदलाई पहिला कागजमा औषधि पोका पारेर दिने भन्ने बुझिन्थ्यो उनले भने तर आयुर्वेद त्यतिमा सिमित होइन्, यसले विश्वव्यापी प्रभाव जमाइसकेको छ । केन्द्रका सुचना अधिकारी देवेन्द्र यादवले सञ्चालन गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्यले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
September 23, 2023
राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

August 22, 2023
चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पुरा

चितवन, भदौँ ५–एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ […]

August 17, 2023
नगर प्रमुख लामा र स्वास्थ्य विमा अभिकर्ता विच छलफल

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram