Listen Live: 

एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

Radio Chitwan
बुधबार, असार २०, २०८०

काठमाडौं,असार २०-

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भैरहेको छ । नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ । सकेसम्म भोलि नै र प्राविधिक कारण तयारी नसके पर्सि शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभएको छ ।

चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

अस्ति बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष डा.शर्माका अनुसार यसवर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने तयारी छ ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

May 8, 2023
सोच परिवर्तनको दोस्रो वार्षिकोत्सव

गुञ्जनगर । भरतपुर–१८ स्थित सोच परिवर्तन नेपालले आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गर्दै सप्ताहव्यापीरुपमा मनाएको छ । सो अवसरमा उद्घोषण, वृक्षरोपण, रक्तदान, स्कुलस्तरीय हाजिरीजवाफ प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न गरेको हो । […]

May 8, 2023
विद्यार्थी कम भएका विद्यालय गाभिने, संस्थागत विद्यालय पनि गाभिन्छन् : महानगर

भरतपुर । भरतपुर महानगरपालिकाले कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई नजिकको अर्को विद्यालयसँग गाभिएको छ । यसवर्ष महानगरले विद्यार्थी संख्या न्यून भएका ६ वटा सामुदायिक विद्यालयलाई नजिकको अर्को विद्यालयसँग गाभेको हो […]

May 8, 2023
कान्दाको शिक्षामा लक्ष्मी प्रतिष्ठान, सक्रियता बढाउँदै स्थानीय सरकार

भरतपुर । राप्ती नगरपालिकाको वडा नं–१३ कान्दामा २०७२ सालदेखि लक्ष्मी प्रतिष्ठान नामक गैरसरकारी संस्थाले ‘कुमार–बलराम छात्रावास’ सञ्चालन गर्दै आएको छ । सोही छात्रावासको आडमा स्थानीय कान्देश्वरी आधारभूत विद्यालय चलिरहेको छ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram