Listen Live: 

कृषि प्रधान देश भएकाले नेपाललाई नाकाबन्दीले पनि गलाउन सकेन : केपी ओली

Radio Chitwan
शुक्रबार, असार १५, २०८०

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताएका छन् । राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसँगै चितवन आएका ओलीले पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि नै भएको बताए ।

‘हामीलाई पाँच महिना नाकाबन्दी लाग्यो । पाँच महिना नाकाबन्दी लाग्दा पनि नेपाल किन टिक्यो भने यो कृषि प्रधान देश हो । कृषि प्रधान देश भएको हुनाले नाकाबन्दी जस्तो चिजमा पनि.. । हामी प्राय बाहिरबाट सबै चिज ल्याउँछौँ तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु, दूध यहि उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन’, उनले भने ।

उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै उनले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले बृद्धि गर्नुपर्ने बताए । नेपालको ६० प्रतिशत भन्दा बढी जनसंख्या अहिले पनि कृषिमा आधारित रहेको उनले बताए । ‘कृषि उत्पादनलाई तीव्र गतिमा बढाउन आवश्यक छ । चितवन उर्वर जिल्ला हो । विकसित जिल्ला पनि हो । यहाँहरुसँगै धान उत्सव मनाउने र धान रोप्ने र यसको सन्देश देशभर नै दिने भनेर म आएको हुँ । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न जरुरी छ’, उनले भने ।

नेपाल कृषिमा आत्मनिर्भर भयो भने अरु क्षेत्रमा आफै आत्मनिर्भर हुने उनले दाबी गरे ।

आन्य समाचारहरु:-
September 19, 2023
तीजको दिन नारायणीमा पौडी खेल्न गएका एकै घरका दुई बालकको डुबेर मृत्यु

चितवन,असोज १- नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एउटै घरका दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय […]

August 4, 2023
रत्ननगर १५ मा ‘एक घर एक नागरिक बडापत्र’

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१५ ले नगरमै पहिलोपटक वडाबासीलाई नागरिक बडापत्र वितरण गरेको छ । एक घर एक बडापत्रको अवधारणाअनुसार वडाभित्रका सबै घरधुरीलाई नागरिक बडापत्र वितरण गरिएको हो । […]

March 23, 2023
विश्व खानेपानी दिवसको अवसरमा बुधबार खानेपानीको मुहान सरसफाइ

रत्ननगर । विश्व खानेपानी दिवसको अवसरमा बुधबार खानेपानीको मुहान सरसफाइ गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सेवा क्षेत्रभित्र रहेको लौरीघोल मुहानको सरसफाइ गरेको हो । खानेपानीको मुहान […]

February 22, 2023
राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुबीच छलफल

काठमाडौं, फागुन १०( राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुबीच छलफल भइरहेको छ । काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram