Listen Live: 

लोप हुँदै चेपाङले प्रयोग गर्ने सामग्री, संरक्षणका लागि सङ्ग्रहालय निर्माण

Radio Chitwan
शुक्रबार, असार १५, २०८०

गड्यौली । चेपाङ जातिका मौलिक एवम् परम्परागत औजारहरुको संरक्षण गर्ने उद्देश्यले गड्यौलीस्थित राप्ती नगरपालिका वडा नं–२ को कुपनटोलमा चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । २०६७ सालमै स्थापना भएको सङ्ग्रहालय भवनका लागि यही आर्थिक वर्षमा राप्ती नगरपालिकाले पाँच लाख रूपैयाँ बजेट दिएपछि अँधेरो भवनको निर्माण कार्यले पूर्णता पाएको सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर चेपाङले जानकारी दिए ।

‘यसपटक नगरपालिकाबाट आएको बजेटले झ्यालढोका हाल्ने, भवनको भित्तामा रंग लगाउने, कार्पेट ओछ्याउने, जिप्सन राख्नेलगायतको काम भएको छ’, उनले भने, ‘बजेट अभावले अझै पनि बिजुली बत्ती जडान गर्न सकिएको छैन ।’ सङ्ग्रहालयमा बत्ती जोड्नका लागि एउटा पोल आवश्यक परेको हुँदा स्थानीय तहसँग त्यसको माग भइरहेको उनको भनाइ छ ।

त्यसबाहेक पनि चेपाङ जातिले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न औजार तथा घरायसी प्रयोजनका सामग्री संकलनमा पनि बजेटकै अभाव भएको नेपाल चेपाङ संघका केन्द्रीय सदस्यसमेत रहेका समितिका अध्यक्ष चेपाङले बताए । ‘चेपाङ जातिले प्रयोग गर्ने सामग्री खोज्न पहाडी क्षेत्र डुल्नुपर्छ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने छ ।’ यतिखेरलाई बर्खा लागिसकेकोले पहाडतिर जान नसकिने हुँदा बर्खा सकिएपछि ती सामग्री संकलन गर्ने योजना रहेको उनले सुनाए ।

उनका अनुसार चेपाङ जातिले उहिल्यैदेखि प्रयोग गर्दै आएका ३६ प्रकारका विभिन्न सामग्री सङ्ग्रहालयमा राखिने छ । तर, कतिपय सामग्री प्रयोग गर्नै छाडिसकेको हुँदा त्यस्ता सामग्री खोजी गर्न समय लाग्ने उनले बताए । ‘धान कुट्ने काठको हाते मेसिन चलाउनै छाडिसक्यो’, उनले भने, ‘सुर्ती राख्ने बासाको प्रयोग पनि छोडियो । चेपाङ जातिले आफ्नो पहिरन लगाउन पनि करिब–करिब छोडेको जस्तै हो । कुनै पर्व वा विशेष दिनबाहेक अरुबेला लगाउने चलन छैन ।’

सामान बोक्नका लागि प्रयोग गरिने जाबी (जाली)समेत हराइसकेको उनले बताए । ढिकी, जाँतो, डालो, डोको, नाम्लो, घुम (स्याखु)लगायतका सामग्री अहिले पनि प्रयोगमा रहेको उनले बताए । यस्तै यस्तै सामग्रीको संरक्षण गर्न पनि सङ्ग्रहालय आवश्यक परेको उनले बताए । ‘यति नगरे भोलिका पुस्ताले चेपाङ जातिको इतिहास नै बिर्सन सक्छ’, उनले भने, ‘त्यसैले आफ्नो जातिको पहिचानलाई लोप हुन दिन हुँदैन भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरेका हौँ ।’

उनका अनुसार शिवशक्ति सामुदायिक वनले दिएको करिब १० धुर जमिनमा बनेको उक्त सङ्ग्रहालय भवन निर्माणका लागि हालसम्म करिब १२ लाख रूपैयाँ खर्च भइसकेको छ । चेपाङको मुख्य बसोवास रहेको चितवनमा निर्माण भएको चेपाङ सङ्ग्रहालय यो चौथो हो । उनका अनुसार कालिका नगरपालिकाको शक्तिखोरमा पुरानो सङ्ग्रहालय छ । तर, चेपाङ गाउँनजिक भएर पनि शक्तिखोरको सङ्ग्रहालयमा पूरा सामान राखिएको छैन ।

राप्ती नगरपालिकाकै वडा नं–६ को प्यारीढापमा पनि सङ्ग्रहालय निर्माण गरिएको छ । तर, त्यहाँ झाँक्री र ढ्याङ्ग्रोको मूर्तिमात्रै राखिएको उनले बताए । रत्ननगर–११, मंगलपुरस्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा पनि चेपाङ सङ्ग्रहालय छ । उक्त सङ्ग्रहालयमा भने अन्य सङ्ग्रहालयमा भन्दा धेरै सामग्री राखिएको उनले बताए ।

आन्य समाचारहरु:-
October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

September 29, 2023
नारायणी नदीमा १०० टन क्षमताका पानीजहाज चलाउने योजना अलपत्र

काठमाडौं, असोज ११- एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram