Listen Live: 

कालिकाकाे वडा नं. १ मा खुल्ला व्यायामशाला तयार

Radio Chitwan
बिहिबार, असार १४, २०८०

कालिका, १४ असार । कालिकाकाे वडा नं १ मा खुल्ला व्यायमशाला संचालनमा आएकाे छ । स्थानीय चर्तुरमुखी सामुदायिक वनक्षेत्रमा रहेको गडुवा चिल्ड्रेन पार्कमा व्यायमशाला निमार्ण गरिएको छ ।

व्यायामशालाकाे कालिका नगरपालिकाका नगरप्रमुख विनाेद रेग्मीले उद्घाटनगर्नुभयो । यस्तै पार्कमा निमार्ण गरिएको बुद्धकाे स्तुपाकाे समेत अनावरण गरिएको छ । नगरका प्रमुख रेग्मीले अनावरण गर्नुभएकाे हाे ।

कार्यक्रमलाई संवाेधनगर्दै नगर प्रमुख रेग्मीले यस्ता खालका संरचनाकाे विकासले नगरक्षेत्रमा चहलपहल बढ्ने वताउनुभयाे । निमार्ण भएका संरचनालाई संरक्षण गर्नु र जाेगाएर राख्न चुनाैती बन्दै गएकाले त्यसतर्फ ध्यानदिन आग्रह गर्नुभयाे ।

कामना टाेल विकास संस्थाकी अध्यक्ष  कल्पना खुलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शन्तवीर स्याङ्तानले वडाभित्र एउटा सुन्दर पार्क बनाउने सपना पुराहुँदै गएको बताउनुभयाे । सफा र सुन्दद वातावरणमा शारीरिक व्यायामगर्न सकिने याे अवस्थालाई वडाले महत्त्वपूर्ण उपलब्धिकाे रूपमा लिएकाे बताउनुभयाे ।

कार्यक्रममा स्थानीय धर्मगुरू पेमा लामाले चिल्ड्रेन पार्कलाई थप आकर्षण बढाउन बुद्धकाे ठूलो स्तुपा बनाउनसके यसले पर्यटकीय चहलपहल बढाउने बताउनुभयाे ।

कार्यक्रममा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जयवहादुर गुरूङकाे अध्यक्षतामा आयाेजना गरिएकाे हाे । उद्घाटन कार्यक्रमसंगै चिल्ड्रेन पाकर्मा वृक्षारोपण गरिएको थियाे ।

खगेरी सव वन डिभिजन कार्यालयकाे अगुवाईमा वृक्षा राेपण भएकाे हाे ।

कपुर,धुपी,बेल,निम लगायतका विरूवा राेपिएकाे खगेरी सव डिभिजन वन कार्यालयले जानकारी दिएकाे छ ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram