चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
चितवनका पालिकाहरुको १० अर्ब बढीको बजेट : भरतपुरको बढ्यो, अरुको घट्यो ll
भरतपुर । चितवनका ६ पालिकाको नगरसभा आइतबार सम्पन्न भएको छ । राप्ती नगरपालिकाबाहेक अन्य चितवनका ६ पालिकाले नगरसभामार्फत बजेट सार्वजनिक गरेका हुन् ।
चितवनका ६ पालिकाले १० अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकाले सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रूपैयाँ बजेट बढाएको छ ।
रत्ननगर नगरपालिकाले १ अर्ब ३३ करोड ७२ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार भएको नगरसभामार्फत रत्ननगर नगरपालिकाले सबै क्षेत्रलाई केही न केही रकम पर्ने गरी बजेट ल्याएको हो । रत्ननगर नगरपालिकाले २०७९/८० का लागि १ अर्ब ३७ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । रत्ननगर नगरपालिकाको गत वर्षको तुलनामा झन्डै ३ करोड बजेट घटेको छ ।
चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । खैरहनी नगरपालिकाको १३औँ नगरसभामा नगर उपप्रमुख कविता उप्रेतीले बजेट सार्वजनिक गरेकी हुन् । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब बढीको बजेट ल्याएको छ । खैरहनी नगरपालिकामा गत वर्ष १ अर्ब १ करोड १२ लाख ५१ हजारको बजेट ल्याएको थियो । खैरहनी नगरपालिकाको पनि यसपटक ६ करोडभन्दा बढी बजेट घटेको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवालले १३औँ गाउँसभामा सार्वजनिक गरेको इच्छाकामनाको बजेट ६७ करोड ७ लाख ७० हजार ८४६ रूपैयाँ रहेको छ । इच्छाकामना गाउँपालिकाको गत आर्थिक वर्षको बजेट ६७ करोड ४४ लाख ३५ हजार रहेको थियो ।
माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ९६ करोड ६९ लाख २ हजार ४२७ रूपैयाँ बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । माडी नगरपालिकाको ११औँ नगरसभामा नगर उपप्रमुख खेमप्रसाद महतोले बजेट सार्वजनिक गरेका हुन् ।
माडी नगरपालिकाले गत वर्ष २०७९/८० का लागि १ अर्ब ७ करोड ८० लाख ८२ हजार ७० हजार रूपैयाँको बजेट ल्याएको थियो । त्यतिबेला नगर उपप्रमुख खेमप्रसाद महतोले चालूतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन रहेको बजेट सार्वजनिक गरेका थिए । अहिले माडीको बजेट पनि घटेर आएको छ ।
कालिका नगरपालिकाले आर्थिक वर्ष २०८० र ८१ का लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ । नगरको जारी नगरसभामा उपमेयर विमला तामाङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । कालिका नगरपालिकाले गत वर्ष २०७९ र ८० का लागि ८५ करोड ९७ लाख ५१ हजार रूपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारबाट नै बजेटको सिलिङ घटेर आए पनि चितवनका पालिकाको पनि बजेट घटेको नगरप्रमुखहरुको भनाइ छ ।
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ सिंहदरबारमा पठाइदिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङसँग पुस २२ गते आठ बूँदे स्पष्टीकरण […]