Listen Live: 

चितवनका पालिकाहरुको १० अर्ब बढीको बजेट : भरतपुरको बढ्यो, अरुको घट्यो ll

Radio Chitwan
सोमवार, असार ११, २०८०

भरतपुर । चितवनका ६ पालिकाको नगरसभा आइतबार सम्पन्न भएको छ । राप्ती नगरपालिकाबाहेक अन्य चितवनका ६ पालिकाले नगरसभामार्फत बजेट सार्वजनिक गरेका हुन् ।

चितवनका ६ पालिकाले १० अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकाले सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रूपैयाँ बजेट बढाएको छ ।

रत्ननगर नगरपालिकाले १ अर्ब ३३ करोड ७२ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार भएको नगरसभामार्फत रत्ननगर नगरपालिकाले सबै क्षेत्रलाई केही न केही रकम पर्ने गरी बजेट ल्याएको हो । रत्ननगर नगरपालिकाले २०७९/८० का लागि १ अर्ब ३७ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । रत्ननगर नगरपालिकाको गत वर्षको तुलनामा झन्डै ३ करोड बजेट घटेको छ ।

चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । खैरहनी नगरपालिकाको १३औँ नगरसभामा नगर उपप्रमुख कविता उप्रेतीले बजेट सार्वजनिक गरेकी हुन् । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब बढीको बजेट ल्याएको छ । खैरहनी नगरपालिकामा गत वर्ष १ अर्ब १ करोड १२ लाख ५१ हजारको बजेट ल्याएको थियो । खैरहनी नगरपालिकाको पनि यसपटक ६ करोडभन्दा बढी बजेट घटेको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवालले १३औँ गाउँसभामा सार्वजनिक गरेको इच्छाकामनाको बजेट ६७ करोड ७ लाख ७० हजार ८४६ रूपैयाँ रहेको छ । इच्छाकामना गाउँपालिकाको गत आर्थिक वर्षको बजेट ६७ करोड ४४ लाख ३५ हजार रहेको थियो ।
माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ९६ करोड ६९ लाख २ हजार ४२७ रूपैयाँ बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । माडी नगरपालिकाको ११औँ नगरसभामा नगर उपप्रमुख खेमप्रसाद महतोले बजेट सार्वजनिक गरेका हुन् ।

माडी नगरपालिकाले गत वर्ष २०७९/८० का लागि १ अर्ब ७ करोड ८० लाख ८२ हजार ७० हजार रूपैयाँको बजेट ल्याएको थियो । त्यतिबेला नगर उपप्रमुख खेमप्रसाद महतोले चालूतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन रहेको बजेट सार्वजनिक गरेका थिए । अहिले माडीको बजेट पनि घटेर आएको छ ।

कालिका नगरपालिकाले आर्थिक वर्ष २०८० र ८१ का लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ । नगरको जारी नगरसभामा उपमेयर विमला तामाङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । कालिका नगरपालिकाले गत वर्ष २०७९ र ८० का लागि ८५ करोड ९७ लाख ५१ हजार रूपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारबाट नै बजेटको सिलिङ घटेर आए पनि चितवनका पालिकाको पनि बजेट घटेको नगरप्रमुखहरुको भनाइ छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram