Listen Live: 

कालिकाको नीति तथा कार्यक्रमः शक्तिखोर र रन्तेसमा वडास्तरीय बहुउद्देश्यीय बसपार्क, घनाबस्तीभएका ठाउँमा झोलुगें पुल बनाउने

Radio Chitwan
सोमवार, असार ४, २०८०

कालिका, ३ असार । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा सुन्दर शहर, सुरक्षित पूर्वाधार र समुदायको दिगोपना कायमगर्नेगरी स्थानीय निर्माण सामग्रीको अधिकतम् प्रयोग गरी भूकम्प प्रतिरोधी, बालमैत्री, लैङगिकमैत्री, वातावरणमैत्री आवास निर्माण तथा सहरी पूर्वाधार निर्माणगर्ने नीति लिएको छ ।

नगरपालिकाको कार्यालयदेखि सबै वडा कार्यालयसम्म पुग्न पक्की सडक निर्माणगर्न प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर यातायात गुरुयोजना बमोजिम सडक सञ्जालको विस्तार, स्तरोन्नती, मर्म सम्भार गरिने भनिएको छ । यस्तै व्यवस्थित नगर बसपार्क बनाउन सम्भाव्यता अध्ययन गरिनेछ । नगरका मुख्य बजारक्षेत्रमा आटोपार्क, शक्तिखोर र रन्तेसमा वडास्तरीय बहुउद्देश्यीय बसपार्क निर्माण गरिने उल्लेख छ ।

खानेपानी पाइपलाईन विस्तार, सिंचाइ कुलो विस्तारगर्दा नगरक्षेत्रका सडक तथा अन्य पूर्वाधारहरु भत्काउनु काट्नुपर्ने भएमा पूर्व अनुमति लिई सम्बन्धीत निकायबाटै मर्मतगर्ने जिम्मेवारी लिन अनिवार्य नीति तथा कार्यक्रममा भनिएको छ ।

नगरक्षेत्रमा भद्रगोल अवस्थामा रहेको विद्युत, टेलिफोन, इन्टरनेट सेवा संजाल लगायतका सडक पोलहरुमा रहेका तारहरु सम्बन्धीत सेवा प्रदायकको समन्वयमा व्यवस्थित गरिने छ ।
पूर्वाधार विकास अन्तर्गत सिटीहल, ब्यापारिक तथा बहुउद्देश्यीय भवनहरु निर्माणमा संघीय तथा प्रदेश सरकारसँग समन्वय गरिने छ । यस्तै उपभोक्ता संस्था दर्ता तथा नवीकरणको व्यवस्थालाई अनिवार्य गरेर उपभोक्ता समितिबाट गरिने कामलाई प्रभावकारी बनाइनेछ ।

४० प्रतिशतभन्दाबढी ठूला मेसिन उपकरण प्रयोग हुने काममा अनिवार्य रुपमा ठेक्का बन्दोबस्त गरिनेछ । चौकीडाँडा र मझाबाँङ्ग क्षेत्रको सहज पहुँचका लागि सिद्धि दोभानमा पक्की मोटरबल पुल निर्माण गरिनेछ । पुल नभएका तर घना बस्तीभएका स्थानहरुमा संघीय सरकारसँग सहकार्य गरेर झोलुगेंपुल निर्माण गरिने कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram