Listen Live: 

एघार थरी औषधि छोडेर रजहरबाट फर्किए महरा

Radio Chitwan
बिहिबार, जेष्ठ ३२, २०८०

चितवन : राजनीतिक समस्यालाई जितेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफ्नै शरीरको समस्यालाई जित्न सकेनन्। देख्दा समान्य भए पनि शारीरमा रोगको उपचारका लागि अस्पताल धाउँदा आजित बनेका महराले विकल्प खोजे, प्राकृतिक चिकित्सा। 

१२ थरीको औषधि बोकेर प्राकृतिक चिकित्सालय छिरेका महरा फर्किँदा एघार थरी औषधि छोडेर गए। रोगलाई नियन्त्रण गर्न उनले मेडिकल औषधि प्रयोग गर्थे। रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गरेपछि आफूले प्रयोग गर्दै आएको औषधिको सेवन हटाएर फर्किए। 

‘सुगर, प्रेस, समान्य बनाएर फर्किनुभयो। सधैं खाने गरेको १२ थरीबाट १ थरी औषधिको प्रयोग गर्न नपरेको बताउनुभयो,' अस्पतालका ब्यवस्थापक हरि सापकोटाले भने, 'शरीर चङ्गा बनाएर फर्किनु भएको छ।’

१२ दिनको आवासीय उपचारपछि घर चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन्। चिकित्सालयमा आकाश चिकित्सा, वायु चिकित्सा, सूर्यकिरण चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, योग चिकित्सा, जडीबुटी चिकित्सा, आहार चिकित्सा, मनोचिकित्सा, मर्म चिकित्सा, मालिस चिकित्सा, गौमूत्र चिकित्सालगायतका विधिबाट उपचार गराइन्छ। 

चिकित्सालयमा कोरोनाको महामारीको समयमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमितलाई सेवा दिइएको थियो। चिकित्सालयलाई शिक्षण अस्पताल र विश्वविद्यालयका रूपमा विकास गर्दै ज्येष्ठ नागरिक आरोग्य आश्रम र देशैभर जीवनशैली सुधार प्राकृतिक चिकित्सा र योगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाइ छ। चिकित्सालयमा दैनिक ७० देखि ८० बिरामीहरु उपचाररत छन्।

पूर्व सभामुखसमेत रहेका महरा १२ दिन प्राकृतिक चिकित्सालयमा बसेर उपचार गरेका थिए। सो अवधिमा उनले चार किलो तौलसमेत घटाएका थिए। ‘प्राकृतिक उपचारमा विश्वास लागेर आफैं आउनुभएको हो। उहाँको समस्या अधिकांश हल भएको छ,’ अस्पतालका प्रबन्ध निर्देशक डा. विनोद पौडेलले भने। जीवन फेरिएको अनुभूति गरेर फर्किएको उनको भनाइ छ। 

महरा विहान साढे चार बजेदेखि प्राकृतिक उपचार पद्धतिमा सहभागी हुन्थे। उनी सर्वसधारणसँगै बसेर उपचार लिएको अस्पतालको भनाइ छ। महराले आफूलाई प्राकृतिक उपचारमा विश्वास लागेर आएको बताए।  'अबको जीवन प्राकृतिक उपचार र यसको उत्थानमा लाग्नेछु,' उपचारपछि उनले भने।

आन्य समाचारहरु:-
September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

August 27, 2023
पूर्वी चितवनमा धानमा गबारोसंगै पातको फेद डढुवा रोगको प्रकोप

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । […]

August 25, 2023
चितवनको केरामा ‘ओइलाउने’ रोग

चितवन,भदौ ८- चितवनको पूर्वी क्षेत्रमा लगाइएको केरामा ओइलाउने रोगको समस्या देखिएको छ । ‘व्याक्टेरिया’का कारण हुने यो रोग विगत एक महिनादेखि देखिन थालेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]

August 17, 2023
१६ दिनमा थपिए साढे ६ हजार डेंगी संक्रमित, कोसी र वाग्मतीमा सबैभन्दा धेरै

काठमाडौं,साउन ३२- यो अगस्ट महिनाका १६ दिनमा नेपालमा साढे ६ हजार डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार अगस्ट १ देखि १६ सम्म ६ हजार […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram