Listen Live: 

राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी चितवनमा सुरु, कृषि क्षेत्रमा युवाको आकर्षण, नाफामूलक व्यवसाय बनाउनुपर्नेमा सचिव डा.शर्माको जोड

Radio Chitwan
बुधबार, चैत्र ९, २०७८

चितवन,९ चैत । पाँचौँ राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०७८ चितवनमा सुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै संघीय कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिलाई सम्मानजनक पेसाका रूपमा विकास गर्नुपर्ने आवश्यक भएको बताए । कृषि क्षेत्रमा युवाको आकर्षण, नाफामूलक र प्रतिष्ठित व्यवसाय बनाउनुपर्नेमा उनले जोड दिए ।
“उत्पादन लागत, बजार पहुँचको विस्तार, गुणस्तरीय र सम्मानजनक व्यवसायका रूपमा अगाडि बढाउन कृषि यान्त्रिकीकरण आवश्यक छ,” उनले भने, “कृषि कर्जा र यान्त्रिकीकरण सबै किसानमा पुर्‍याउन सकिएको छैन । जुन समस्याको रूपमा रहेको छ ।”
नेपालका लागि इजरायली राजदूत हनान गोधारले कृषिलाई शाखाका रूपमा भन्दा पनि प्रोफेसन र बिजनेसका रूपमा लिनुपर्ने बताए । “७० वर्षको मात्रै इतिहास बोकेको इजरायल कृषिमा उत्कृष्ट देश हो । यहाँको २ प्रतिशत मात्रै जनसंख्या कृषिमा आबद्ध हुँदा पनि उत्पादकत्व धेरै छ, किनकि कृषिमा इजरायलले आधुनिक प्रविधि प्रयोग गरेको छ”, उनले भने, “आर्थिक विकासको साँचो आधुनिक कृषि हो । परम्परागत कृषिलाई परिमार्जन गर्नुपर्छ ।”
कार्यक्रम नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालको कृषि र कृषिको फाइनान्सिङ मोडल नै परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले विगत जस्तो रहे पनि नबिल बैंक आज पनि र भोलि पनि किसानसँगसँगै रहने प्रतिबद्धता जनाए ।
“बैंकले किसानलाई पैसा नै नदिएको भन्ने सधैँ सुनिन्छ, तर बैंकले किसानलाई पैसा नदिएर उत्पादन नबढेको जस्तो लाग्दैन” उनले भने, “कृषिको आधुनिकीकरण र विकासको लागि नेपालको कृषि र कृषिको फाइनान्सिङ मोडल नै परिमार्जन गर्नुपर्छ ।”
कृषि पूर्वाधार तथा कृषि यान्त्रिकीकरण केन्द्रका महानिर्देशक महेन्द्रनाथ पौडेलले कृषि यान्त्रिकीकरण र कर्जालाई एकीकृत रूपमा लैजान सके कृषिको विकास र सफलता हासिल हुने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यक्रम निर्देशक हस्त विष्टले यान्त्रिकीकरणको माध्यमबाट श्रमको लागत घटाई उत्पादन लागत घटाएर नाफामूलक बनाउनुपर्ने बताए ।
“उत्पादनका मुख्य साधन श्रम र कर्जा हुन् । उत्पादनको मुख्य हिस्सा श्रमले ओगटेको हुन्छ । यान्त्रिकीकरण गर्न सके श्रमको लागत घट्छ र उत्पादन लागत पनि घट्न जान्छ,” उनले भने, “जसले कृषिलाई व्यावसायीकरण गर्न सकिन्छ ।”
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले कृषिको व्यावसायिकता, बजारको विकास, प्रविधि र वित्तीय क्षेत्रसँग जोड्न बहस र छलफलको माध्यमबाट सुधार गर्ने अवसर आएको बताए । उनले एक्सिस टु फाइनान्स, क्यापसिटी बिल्डिङ, र यान्त्रिकीकरणको कुरा गरिरहेको भए पनि अब त्यसको अवसर र समय आएको बताए । विगतमा देशको पूर्वदेखि पश्चिमसम्म केही न केहीको स्पेसिफिक क्षेत्र रहेको भन्दै अहिले त्यो अवस्थाबाट विचलन हुनु नै समस्या भएको बताए ।
कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषिको लागत बढेर नाफामुखी हुन नसकेका कारण नै कृषि व्यावसायीकरण हुन नसकेको बताए । कृषिको महत्त्वपूर्ण औजार श्रमको लागत कम गर्दै उत्पादन लागत घटाएर नाफामुखी बनाउन यान्त्रिकीकरण आवश्यक छ” उनले भने, “कृषि औजार आयात गरिरहेका छौँ । नेपालमा नै उत्पादन गर्ने योजना अगाडि बढाउनुपर्छ, आयातित कृषि औजार नेपालको उपयोगी नहुने र अर्को डम्प यार्ड नबनोस् ।”
नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले कृषि बजेटको ३ प्रतिशत यान्त्रिकीकरणमा खर्चिए तीन वर्षमा उत्पादन ८० प्रतिशत बढ्ने दाबी गरे । उनले आधुनिक कृषि औजारमा लगानी बढाई उत्पादकत्व वृद्धि गर्न कागजी अनुदान वितरणलाई निरुत्साहिन गर्न आग्रह गरे ।

आन्य समाचारहरु:-
September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

August 22, 2023
चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पुरा

चितवन, भदौँ ५–एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ […]

August 17, 2023
नगर प्रमुख लामा र स्वास्थ्य विमा अभिकर्ता विच छलफल

राप्ती । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बिमा दर्ता कर्मचारीलाइ जनतासंग सहजीकरणको लागी निर्देशन दिएका छन । प्रमुख लामाले राप्तीमानै स्वास्थ्य विमा लागु हुने भएपछि स्वास्थ्य विमा अभिकर्तालाइ जनता […]

August 14, 2023
राप्तीका सामुदायिक विद्यालयको दिवा खाजामा एक रुपता ल्याउने

राप्ती । राप्ती नगर प्रमुख शमशेर लामाले दिवा खाजामा एक रुपता ल्याउन निर्देशन दिएका छन । विहिवार नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसंगको छलफलमा नगर प्रमुख लामाले सवै विद्यालयमा एक रुपता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram