Listen Live: 

राप्ती सरकारको १ बर्ष पुरा : विपन्नलाइ १ सय ७५ घर निर्माण l

Radio Chitwan
शनिबार, जेष्ठ ६, २०८०

राप्ती सरकारको १ बर्ष पुरा : विपन्नलाइ १ सय ७५ घर निर्माण राप्ती । राप्ती नगरपालिकाले यो एक बर्षमा १ सय ७५ वटा विपन्नलाइ घर बनाइदिएको छ । शनिवार राप्ती सरकारको पदवहालीको एक बर्ष पुरा भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामा सहभागि पज्ञकार सम्मेलनमा जनतामुखि काम भएको दावी गरे । नगर प्रमुख लामाले पदवहालीको समयमा विपन्नलाइ गास वास र कपासको व्यवस्था गर्छु भनेको र सोहि अनुसार कार्य सम्पाद भएको बताए । उनले एक बर्ष सय घर अभियान चलाएका थिए । आफ्नो पहिलो बर्षमा सय घर बनाएको र जनताको वास मात्र नभइ भोका जनतालाइ खाद्यन्नको व्यवस्था गरेको बताए । नगर उपप्रमुख देवेन्द्र लामाले जनताको मुहारमा खसशि ल्याउने काममा आफुहरु लागि परेको बताए । उनले जनता नगरमा आउदा खुशि भएको हेर्न मन छ । यो प्रयत्नमा हामी लागी परेका छौ । नगरले जसको बस्ने घर थिएन र उनिहरु दुइवटा रुखको विचमा वारेर पसेका थिए उनको घर बनाएको छ । कोहि गोठमा ओत लागेका थिए । कोहि अरुको पिढीमा सहयोग मागेर वसेका थिए । कोहिको घर जिर्ण अवस्थामा रहेको थियो । त्यस्ता परिवारलाइ नगर प्रमुख आफैले खोजि गरेर घर निर्माण गरेका हुन । निर्वाचित भएको पहिलो हप्तावाटनै पालिकाले विपन्नलाइ घर बनाएको हो । यो संगै निशुल्क स्वास्थ्य विमाको योजना भण्डारा अस्पतालमा लागु गर्नेगरी काम गरिरहेको राप्ती सरकारले आफ्नो नियमित सेवामा सुधार गरेको छ । यो एक बर्षमा १४ हजार भन्दा बढी जनताले अस्पताल वाट सेवा लिएका छन । पहाडका जनता र नगरभित्रका दिर्घरोगी र क्यान्सरका विमारीलाइ निशुल्क एम्वुलेन्स सेवा, सुत्केरी महिलालाइ निशुल्क भिडियो एक्सरे, अस्पतालमा सुत्केरी गराएमा पोषण भत्ता बराबर ३ हजार ८ सय रुपैया नगदको व्यवस्था र भण्डारामा आखा उपचार केन्द्रको सुरुवात यो पहिलो बर्षको उपलव्धि हो । पालिकाले जनतामुखि स्वास्थ्य सेवाको लागी प्रभावकारी काम गरेको छ । यो एक बर्षमा पालिकाभरीका ४९ वटा सामुदायिक विद्यालयमा निशुल्क शिक्षा अभियान सुरु भएको छ । २०८० वाट नगरले पढ्नलाइ पैसा लाग्दैन भन्दै निशुल्क शिक्षा अभियान सुरु गरेको हो । इसिडि देखि कक्षा १२ सम्म पढ्नलाइ कहि पनि कति पैसा लाग्दैन । “निशुल्क शिक्षा राप्ती नगरपालिकाको इच्छा” यहि नारा सहित राप्ती नगर प्रमुख शमशेर लामाले पालिका भरीका जनताका छोराछोरीलाइ पढ्न आउदा विद्यालयले पैसा नमाग्ने र मागेमा कारवाहि गर्ने बताए । नगर उपप्रमुख देवेन्द्र लामाले कोहि पनि राप्तीका छोराछोरीले पढ्दा पैसा बाधक नबन्ने बताए । युवा नेतृत्व रहेको राप्ती सरकारले २०७९ वाट सुरु गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेपछि जग्गाको निस्सा वितरण गर्यो । निस्सा मात्र वितरण गरेन, राप्ती वडा नं ११ को डुम्रिखाडीका ६८ भूमिहीन दलित घरपरिवारको रातोपुर्जाको लागी कार्यपालिकाले निर्णय गरेर जिल्ला सुकुम्वासी आयोगलाइ बुझाएको छ । अहिले नगरका विभिन्न वडामा जग्गा नापको काम भइरहेको छ । यो संगै सरकारी जग्गा अतिक्रमण भएका ठाउ खालि गराइ फिर्ता लिने र भण्डारा, खुरखुरे, वीरेन्द्रनगर, गड्यौली र लोथरको बजार व्यवस्थापन गर्ने काम भएका छन । राप्तीको कर्णाली भनेर चिनिएको कान्दा अव सुन्दर बन्ने भएको छ । राप्तीका सरकारले यो पहिलो बर्षमा स्थलगत अनुगमन गदै कान्दा सम्म पुग्न सडक विस्तार र आधारभुत स्वास्थ्य केन्द्र खोलिने भएको छ । कान्दामा सहज सञ्चारको लागी फोर जि इन्टरनेटको सुविधा सुरु भएको छ । कान्देली पिठो पिसानीको लागी ४ घण्टा हिड्नु पर्ने, विहानै ३ बजे उठेर जाँतो पिध्दा महिला दिदीवहिनीको स्वास्थ्यमा समस्या आएपछि पानी घट्ट मुक्त क्षेत्र घोषणा गरिएको छ । अव कान्दा लगायत राप्तीका विकट क्षेत्रमा डिजल वाट चल्ने मिल अनुदानमा उपलव्ध गराइएको छ । नगरको फोहर व्यवस्थापन गर्ने रिकिसि नामक संस्था संगको सहकार्यमा राप्ती नगरपालिकाले आफै प्राङ्गगारिक मल उत्पादन सुरु गरेको छ । मल उप्पादनसंगै विक्रि पनि सुरु भएको हो । प्रति केजि ३५ रुपैया पर्ने मललाइ नगरले १५ रुपैया अनुदान दिइ २० रुपैया प्रतिकेजि जनता समक्ष पुर्याउने भएको छ । अहिले यो यसका अलवा दुधमा अनुदान, किसानलाइ सिचाइ र कृषिमा अनुदान दिदै आइरहेको छ । राप्ती नगरपालिकाले यो एक बर्षमा विकास निर्माणमा फड्को मारेको छ । पालिकाको अधिकांश सडकमा उच्चस्तरिय ग्रावेल भएका छन । सोहि अनुपातमा कालोपत्रे र पहाडी क्षेत्रको टोल टोलमा सडक विस्तार भएको छ । यो बर्ष मात्रै वडा नं १ र ११ ले आफ्नै भवन वाट सेवा सुरु गरे । नगरस्तरिय आयुर्वेद औषधालय र वडा नं ३ र ८ को आफ्नै स्वास्थ्य केन्द्र वाट सेवा सुरु भयो । वडा नं १२ आउदो बर्ष वाट आफ्नो भवनमा सर्ने र वडा नं ६ को स्वास्थ्य केन्द्रको उद्घाटन हुनेछ ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram