चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
चितवनमा हावाहुरीको वितन्डा, पाँच करोडको केराखेती नष्ट

चितवनमा आइतबार साँझ आएको हावाहुरीले किसानको खेतमा लगाएको पाँच करोड मूल्यबराबरको केराखेती नष्ट गरेको छ । जिल्लाका सातवटा पालिकाका किसानको केरा हावाहुरीले नष्ट गरेको हो ।

१५० बिघामा लगाएको केरा पूर्णरुपमा क्षति भएको चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले जानकारी दिए । १५० बिघाको केरा नष्ट हुँदा करिब ५ करोड क्षति भएको उनले बताए । जिल्लाको सात पालिकामध्ये खैरहनी र राप्तीमा बढी क्षति भएको छ । रत्ननगर र कालिकामा आंशिक क्षति भएको पन्तले बताए ।
जिल्लाका अन्य पालिकाका किसानहरुको केरासमेत हावाहुरीले नष्ट गरेको छ । रत्ननगर–५, झुवानीका किसान ऋषि गुरूङले खैरहनी र राप्तीमा गरी २२ बिघा क्षेत्रफलमा खेती गर्दै आएका छन् । हावाहुरीले उनको १० हजार बोट केरा नष्ट गरेको छ । १० हजार बोट केरा नष्ट हुँदा करिब ५० लाख नोक्सान भएको किसान गुरूङले जानकारी दिए
रत्ननगरका बाबुराम भट्टको ५ बिघाको केरा पूर्णरुपमा क्षति भएको छ । उनले रत्ननगर–४, सेरीमा १० बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका छन् । ५ बिघाको केरा नष्ट हुँदा २५ लाख नोक्सान भएको उनले जानकारी दिए । ‘असारमा तयारी भएर बजार पठाउने योजना थियो’, उनले भने, ‘हावाहुरीले सबै योजना तहसनहस भयो ।’
रत्ननगरकै बाबुराम दुवाडीको २ बिघाको केराखेती नष्ट हुँदा १० लाख क्षति भएको छ । ‘एक–दुई महिनाभित्रै तयारी हुने अवस्था थियो’, उनले भने, ‘हावाहुरीले एकाएक केरा नष्ट गरिदियो ।’
हावाहुरीले मालभोग र जिआइन जातको केरा नष्ट गरेको छ । संघले सोमबार बिहानैदेखि क्षतिको विवरण संकलन गरेको थियो । ‘यो प्रारम्भिक विवरण हो’, उनले भने, ‘मंगलबारसम्म यथार्थ विवरण आउने छ ।’
चितवनमा ७५० जना किसानले तीन हजार बिघामा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् । यहाँ वार्षिक ७० हजार मेट्रिक टन अर्थात् एक अर्ब ६० करोडको केरा उत्पादन हुँदै आएको छ । जिल्लाका अधिकांश किसानहरुले जग्गा भाडामा लिएर केराखेती गर्दै आएको महासचिव पन्तले बताए । यहाँका अधिकांश किसानहरुले केराखेतीको बिमा गरेका छन् ।
बिमाका लागि राज्यले अनुदान रकम उपलब्ध गराउँदै आएको छ l
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]