कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]
राष्ट्रिय युवा संघ कालिका नगर कमिटीद्वारा सिद्धीमा खाद्यान्न र स्टेशनरी बितरण

राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा कमिटीले सिद्धि छात्राबासका ५० चेपाङ विद्यार्थीहरुलाई ४० हजार बराबरको खाद्यान्न र स्टेशनरी सामग्री बितरण गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी अध्यक्ष जीवन थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर प्रजा र राष्ट्रिय युवा संघ नेपाल बाग्मती प्रदेश सदस्यहरू सन्देश राई, केशब खड्का र राष्ट्रिय युवा संघ नेपाल चितवनको सचिव झलकराज भट्ट र युवा संघ कालिका नगर कमिटीको संस्थापक अध्यक्ष पूर्ण महतो (निशान) को सहभागिता रहेको थियो । त्यसैगरी युथफोर्स बागमती प्रदेश सदस्यहरू नमन काफ्ले, सुजना मल्ललगायत राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला सदस्यहरु अजय लामा, गोबिन्द लामा,देवा लामा रहेको राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी संस्थापक अध्यक्ष निशानले जानकारी गराए ।


राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
चितवन, भदौँ ५–एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ […]