Listen Live: 

चितवनमा दूध जोन क्षेत्र निर्धारण

Radio Chitwan
बुधबार, बैशाख २७, २०८०

भरतपुर । चितवनमा दूध जोन क्षेत्र निर्धारण गरिएको छ । भरतपुर महानगरका ८ वटा वडा र रत्ननगरका ११ वटा वडा गरी १९ वटा वडालाई दूध जोन क्षेत्र निर्धारण गरिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय बागमती प्रदेशद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन क्षेत्र निर्धारण गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।

विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार दूध उत्पादन वृद्धि गर्नकै लागि जोन क्षेत्र निर्धारण गरिएको हो । उनले भरतपुरको वडा नं–१३, १४, १५, १६, २२, २१, ५ र ६ लाई समेटेर दूध जोन क्षेत्र निर्धारण गरिएको बताए । उनले भने, ‘‘कार्यविधिअनुसार दैनिक ३० हजार लिटर दूध उत्पादन गर्ने क्षेत्रलाई दूध जोन क्षेत्रमा समेट्न सकिन्छ, हाम्रो अध्ययनले भरतपुरका यी आठ वडालाई समेट्दा दैनिक ३० हजार लिटरभन्दा बढी दूध उत्पादन भएको पाइयो ।’ भरतपुरको १४ लाई ‘मिड पोइन्ट’ मानेर वरिपरिका आठवटालाई समेट्दा दैनिक ३२ हजार लिटर दूध उत्पादन भएको तथ्याङ्क आएपछि सोही वडाहरुलाई दूध जोन क्षेत्र तोकिएको विज्ञ केन्द्रको भनाइ छ ।

यस्तै, रत्ननगरका दूध उत्पादन बढी हुने ११ वटा वडा समेट्दा दैनिक ३० हजार लिटर दूध उत्पादन भएको थियो । ‘रत्ननगरका जुन वडाहरु समेट्दा ३० हजार लिटर दूध उत्पादन भयो ती वडाहरु समेटेर दूध जोन क्षेत्र निर्धारण गरिएको हो’, प्रमुख केसीले भने । उनका अनुसार रत्ननगरको ८, ९, १०, ११, १२, १३, १४, १५, १६, ३ र ५ नम्बर वडालाई दूध जोन क्षेत्र तोकिएको हो । सम्पूर्ण मापदण्ड पूरा भएपछि जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीको संयोजत्वमा बसेको बैठकले भरतपुरका ८ र रत्ननगरका ११ वटा वडालाई दूध जोन क्षेत्र भनेर निर्धारण गरेको हो ।

दूध जोन क्षेत्रमा दूध उत्पादन बढाउने खालका कार्यक्रम गरिने विज्ञ केन्द्रको भनाइ छ । ‘जोन क्षेत्रमा दूध उत्पादन बढाउने किसानलाई प्रोत्साहन अनुदान रकमसमेत उपलब्ध गराइन्छ’, विज्ञ केन्द्रका प्रमुख केसीले भने ।

बढी दूध उत्पादन गर्ने जोन क्षेत्रका किसानले अनुदान रकमसमेत पाउनेछन् । जसका लागि विज्ञ केन्द्रले किसानसँग निवेदनसमेत मागेको थियो । ‘दूध बढी उत्पादन गर्ने किसानसँग अनुदान रकमका लागि निवेदन मागेका थियौँ, निवेदन दिनेहरुमध्ये भरतपुर महानगरको जोन क्षेत्रका ५० जना र रत्ननगरको जोन क्षेत्रका ४९ जना किसानलाई छनोट गरिएको छ’, विज्ञ केन्द्रका अधिकृत प्रेमप्रसाद ढकालले भने । धेरै दूध उत्पादन गर्ने किसानहरु नै छनोटमा परेको उनी बताउँछन् ।

उनका अनुसार छनोटमा परेका किसानले हालको दूध उत्पादनमा थप २० प्रतिशतसम्म दूध वृद्धि गरेको खण्डमा ७५ हजार रूपैयाँ अनुदान पाउनेछन् । छनोटमा परेका किसानले हालको उत्पादनमा २० प्रतिशतभन्दा बढी दूध उत्पादन गरे ८० हजार रूपैयाँ अनुदान पाउनेछन् ।

दूध उत्पादन बढे/नबढेको हेर्नका लागि बागमती प्रदेशले सामाजिक परिचालकसमेत खटाएको छ । ‘एकदिन उत्पादन बढाउने, अघिपछि घटाउनेले अनुदान पाउँदैनन्’, ढकालले भने, ‘वर्षदिनभरि दूधको उत्पादन बढेको हुनुपर्छ, त्यस्ता किसानले अनुदान रकम पाउँछन् ।’ सामाजिक परिचालकले १५÷१५ दिनमा किसानको घरमै पुगेर उत्पादन दूध हेरेर अभिलेख राख्नेछन् । भरतपुरमा २ र रत्ननगरमा २ जना सामाजिक परिचालक खटिएका छन् ।

एक किसानका अनुसार अनुदान पाइने आशामा दूध जोन क्षेत्रका किसानहरु दूध उत्पादन बढाउन लागिरहेका छन्, सरकार भने भारतबाट दूध आयात गर्न खोजिरहेको छ । ती किसानले भने, ‘भारतबाट दूध आयात गर्दा यहाँका किसानको दूध उद्योगी व्यवसायीले नलिने हुन् कि भन्ने डर छ ।’

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram