Listen Live: 

पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेको कान्द्राङगढी संरक्षणका लागि बजेट व्यवस्था

Radio Chitwan
बुधबार, बैशाख २७, २०८०

भरतपुर । राप्ती नगरपालिका वडा–१३ मा रहेको पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेको कान्द्राङगढी संरक्षणका लागि बजेट व्यवस्था गरिएको छ । पुरातत्त्व विभागले गढी पुनःनिर्माणका लागि ३२ लाख सात हजार चार सय ४८ रूपैयाँ बजेट विनियोजन गरेको हो । सरकारी तवरबाट बजेट विनियोजन भएको यो पहिलोपटक हो । यसअघि नेपाली सेनाले सरसफाइको काम गरेको थियो ।

सेन वंशीय राजाको पालामा निर्माण भएको यस गढीमा मह¤वपूर्ण शिलालेखहरु समेत रहेको स्थानीयको भनाइ छ । तर, विकट क्षेत्रमा भएकाले यसको संरक्षणमा कसैको पनि ध्यान पुग्न सकेको छैन । यस गढीबाट आसपासका आधादर्जनजति जिल्लाहरु देख्न सकिन्छ । यो गढी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ नम्बरसम्म फैलिएको छ ।

यस गढीको पुनःनिर्माणको ठेक्का भने काठमाडौँको दक्ष इन्जिनियरिङ कन्स्ट्रक्सनले पाएको छ । पुरात¤व विभागका प्रवक्ता रामबहादुर कुँवरले निर्माण पक्षको छनोट भइसकेकाले छिटै कामको सुरूवात गरिने बताए । नेपाल एकीकरणको सन्दर्भमा प्रयोग भएका भूकम्पबाट क्षति हुनपुगेका गढी किल्लाहरुको संरक्षण गर्ने कार्यअन्तर्गत कान्द्राङगढी पुनःनिर्माण गर्न लागिएको प्रवक्ता कुँवरले बताए । ०७२ सालको भूकम्पले यस गढीमा क्षति पु¥याएको थियो । यस गढीले तत्कालीन समयको सुरक्षात्मक दूरदर्शिता झल्काउँछ । आधुनिक नेपालको स्थापनापूर्व यस्ता संरचनाहरु तत्कालीन शासकहरुले विपक्षीविरूद्ध लडाइँ लड्नका लागि बनाएका थिए ।

राप्ती–१३ का वडा अध्यक्ष अशोक प्रजाले गढी संरक्षणका लागि विभागसँग पहल गरिएको बताए । पहाडी पर्यटन विकासका लागि यो आयोजना मह¤वपूर्ण हुने उनको भनाइ छ । ‘ढुङ्गाको गारो छ, बिग्रेर बसेको अवस्थामा छ’, स्थानीय शिक्षक बालकृष्ण थपलियाले भने, ‘यसको संरक्षणका लागि निरन्तर आवाज उठाएका छौँ, यसपटक सुनुवाइ भएछ ।’ पर्खालहरु क्षतविक्षत अवस्थामा पुगेका छन् । ऐतिहासिक गढी र दरबारको संरक्षण तथा संवद्र्धन नेपाल सरकार पुरात¤व विभागले गर्दछ । भत्केका ढुङ्गाहरु छरपस्ट अवस्थामा रहेकोलाई एकीकृत गर्ने, भत्काउनुपर्ने मात्र भत्काउने गरी काम अघि बढ्ने प्रवक्ता कुँवरले जानकारी दिए ।

त्यस्तै, चितवनको पुरानो सदरमुकाम उपरदाङगढी मर्मतका लागि पनि विभागमा ताकेता भएको छ । प्रदेश सांसद् कृष्ण सिलवालले विभागका महानिर्देशक दामोदर गौतमलाई भेटेर ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा चिरपरिचित यस गढीको मर्मतका लागि आग्रह गरेका छन् ।

कान्द्राङगढीजस्तो बिग्रे–भत्केको अवस्थामा उपरदाङगढी नभएकाले अहिलेलाई कुनै बजेट व्यवस्था नभएको प्रवक्ता कुँवरको भनाइ छ । इच्छाकामना गाउँपालिका वडा–७ मा अवस्थित उपरदाङगढी क्षेत्र संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न समयमा बजेट विनियोजन गरेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताइन् । गढीको मुख्य ढोका मर्मत गर्नुपर्ने भएकाले तत्काल सो काम गरिने उनले बताइन् ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram