कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
केन्द्रीय टर्मिनल–आँपटारी सडक : सात वर्षपछि सारियो सडकमा परेको पोल

भरतपुर । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको करिब साढे चार किलोमिटर सडक स्तरोन्नतिको काम चलिरहेको छ । हाल विशालचोकदेखि आँपटारी खण्डको भागमा कालोपत्रे गर्ने तयारी भइरहेको छ । त्यसबाहेक विद्युत्को पोल सार्न नसक्दा सडक डिभिजन कार्यालयअगाडिकै भागमा काम हुन पाएको थिएन । २०७३ पुसमा ठेक्का भए पनि विद्युत्को मुख्य लाइनका कारण काम गर्न समस्या भएको सडकले बताउँदै आएको थियो । तर, विद्युत्ले भने विभिन्न बहाना बनाउँदै आएको थियो ।
लामो समयसम्मको कसरतपछि उक्त पोल हटेको छ । सडक स्तरोन्नतिको सम्झौता भएको सात वर्षपछि विद्युत्ले बल्ल उक्त पोल सारेको हो । चितवन जिल्लाभर पठाउने विद्युत्को मुख्य लाइन नै त्यही पोलमा भएको हुँदा समयमै व्यवस्थापन गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । ‘जिल्लाभरकै विद्युत् एकसाथ अवरूद्ध हुने भएपछि पोल सार्न समय लागेको हो । त्यसैले अन्य ठाउँको पोल सार्नुजस्तो सजिलो थिएन’, प्राधिकरणका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले भने, ‘सेवाग्राहीमा पर्न जाने असुविधालाई ख्याल राख्दै धेरै समयको प्रयासपछि यसपटक बल्ल पोल सार्न सफल भएका छौँ ।’
अहिले पोल सार्ने काम सकिइसकेको हुँदा विद्युत्ले गर्नुपर्ने सबैभन्दा मह¤वपूर्णमध्येको एउटा काम सकिएको प्राधिकरणले जनाएको छ । त्यतिमात्र होइन भरतपुर महानगरपालिकाको योजनाअनुसार सडकलाई सुन्दर बनाउने काममा पनि विद्युत् प्राधिकरण लागिरहेको छ । सडकमा रहेका सिमेन्टका पोललाई विस्थापित गरी सडक सौन्दर्य बढाउन विद्युत्का तारलाई भूमिगत गराउने काम भइरहेको प्राधिकरणका इन्जिनियर पौडेलले जानकारी दिए ।
भूमिगतको काम सकिएसँगै मुख्य सडकमा बिजुलीका पोल नहुने उनले बताए । ‘बिजुलीका सबै तारलाई भूमिगत गराइसकेपछि मुख्य राजमार्गमा एउटा पनि पोल हुँदैनन्’, उनले भने, ‘त्यसैले हाल देखिएका सबै पोल तार भूमिगत गराउने काम सकिएसँगै सडकबाट हट्छ ।’
विद्युत्ले पोल सारेर बाटो खुला गरेपछि सडक विस्तारको काममा सहज भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ‘लामो समयसम्म अड्किएको पोल सार्ने कामले हामीमाथि धेरै प्रश्न आइरहेको थियो’, सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले भने, ‘अब त्यो पाटो सकिएको छ ।’ बिजुलीका पोल सारिएसँगै बीचमा हुन बाँकी रहेको काम पनि तत्काल गर्ने उनले बताए ।
विशालचोकदेखि आँपटारी चोकसम्म दोस्रो प्याकेजको सडकमा छेउको दुई लेनमा कालोपत्रे गरिसकिएको छ भने बीचमा डिभाइडर निर्माणको कामले तीव्रता पाइरहेको छ । डिभाइडर निर्माणको काम सकिएसँगै बाँकी रहेका भागमा पनि कालोपत्रे गर्ने सडकले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]