कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मकवानपुरमा लागूऔषध गाँजासहित ४ जना पक्राउ

मकवानपुरको मनहरीबाट लागूऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४४०९ नम्बरको ट्रकबाट ४२ किलो लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराति ८ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो ट्रकबाट उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएपछि एक महिलासहित ३ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेमा उक्त ट्रकका चालक मनहरी–६ बस्ने वर्ष ३१ को इश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ बस्ने वर्ष २२ को सागर थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर–१२ बस्ने वर्ष ६० को राजेशप्रसाद रौनियार र सोही स्थान बस्ने वर्ष ४० की रेश्मा भर रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
उनीहरुले उक्त स्थानमा सो ट्रक रोकी चेकजाँच गर्दा चालक बस्ने सिट पछाडी लागूऔषध गाँजा लुकाई ल्याएका थिए । प्रहरीले उक्त लागुऔषध गाँजा, ट्रक र ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाएको उनको भनाई छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]