कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एउटै वडाका ४० महिलालाई अचार बनाउने तालिम

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा एउटै वडाका ४० जना महिलालाई अचार बनाउने तालिम दिइएको छ । वडा नं ४ का विपन्न समुदायका महिलाहरुलाई उद्यमी बनाउन व्यवसायिक तालिम दिइएको हो ।
वडा कार्यालयको आर्थिक सहयोगमा उद्यमशिल महिला समुह वडा समितिले आयोजना गरेको सो तालिम ६ प्रकारका अचार बनाउन सिकाइएको उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले जानकारी दिइन् । समापन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रामकुमार चौधरीले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सिकेको सीपलाई आर्थिक उपार्जनको माध्यम बनाउन आग्रह गरे ।
उनले आगामी आर्थिक बर्षमा महिलालाई लक्षित गरी प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताए । अध्यक्ष सिंखडाले रत्ननगरका विपन्न पहिलाहरुलाई उद्यमी बनाउन स्थानीय सरकारको सहयोगमा विभिन्न प्रकारका तालिम सञ्चालन भइरहेको बताए । अनुभवी प्रशिक्षक अनिता गौतमले विभिन्न प्रकारका अचार बनाउन सिकाएकी थिइन् ।
उद्यमशिल महिला समुह वडा समितिकी अध्यक्ष शान्ति तिवारीको संयोजकत्वमा भएको समापन कार्यक्रममा वडा सदस्य विश्वास रायमाझी, बविता चौधरी, मिना विक,आष्मा खातुन, वडा सचिव पुष्पराज आचार्य, उद्यमशिल महिला समुह रत्ननगरकी सदस्य यशोदा कंडेल, सामाजिक अगुवा सीता रिजाल,चन्द्रिका महत केसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम उद्यमशिल महिला समुह वडा समिति सचिव पवित्रा श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]