कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एकतर्फी ड्याक बनाएपछि बाढीको चिन्ता : रत्ननगरले खोला मिचेको आरोप

खैरहनी । खैरहनी र रत्ननगरको सिमाना भएर बग्ने ढुङ्ग्रेखोलामा रत्ननगरले आफ्नोतर्फ ड्याक निर्माण गरेपछि खैरहनी, कुमरोजका स्थानीय आन्दोलित भएका छन् । रत्ननगर–५ स्थित गौवाघाट पुलको माथिल्लो र तल्लो भागमा रत्ननगरले आफ्नोतर्फ तारजालीसहितको ड्याक निर्माण गरिरहेको छ । प्रदेश सरकारबाट विनियोजित रकमले रत्ननगरतर्फको भागमा अहिले धमाधम काम भइरहेको छ ।
रत्ननगरले आफ्नोतर्फ सुरक्षित गरे पनि खैरहनीले कुनै पहल नगरेको भन्दै खैरहनी–१३, कुमरोजका स्थानीय सोमबार नगरपालिका डेलिगेसन गएका छन् । करिब एक सय जना स्थानीय नगरपालिका पुगेर नगर उपप्रमुख कविता उप्रेतीको ध्यानाकर्षण गराएका हुन् ।
स्थानीय भगवान थापाले रत्ननगरले आफ्नोतर्फ ड्याक निर्माण गर्दा कुमरोजवासीलाई बाढीको जोखिम झनै बढेकाले नगरपालिका डेलिगेसन आएको बताए । ‘एकातर्फ ड्याक लगाइयो, त्यसको असर वर्षामा कुमरोजलाई पर्ने भयो’, थापाले भने, ‘खैरहनीले पनि आफ्नोतर्फ ड्याक निर्माण गर्न पहल गरोस्, कि त प्रदेशले विनियोजन गरेको बजेटले दुवैतर्फ ड्याक बनोस् ।
डेलिगेसन पुगेका स्थानीयलाई नगर उपप्रमुख उप्रेतीले आफूले यस विषयमा चासो देखाएको र सहजीकरणमा रत्ननगर नगरपालिकासँग समन्वय गरिसकेको बताइन् । ‘हाम्रो नगरप्रमुख अहिले विदेशमा हुनुहुन्छ, फर्किएपछि थप छलफल गरेर अघि वढ्छौँ’, उप्रेतीले भनिन्, ‘तत्काललाई रत्ननगरका प्रमुख र उपप्रमुखसँग सम्पर्क गरेर यस विषयमा चासो राखेको थिएँ, उहाँहरु गम्भीर हुनुहुन्छ ।’
खैरहनी–१३ का वडाध्यक्ष कुलप्रसाद भूषालले विकासविरोधी आफूहरु नभएको भन्दै रत्ननगरले खोला मिचेर ड्याक निर्माण गर्नु आपत्तिको विषय रहेको बताए । ड्याक निर्माण गर्दा खोला मिचेको मात्र नभई खैरहनीतर्फको ग्राभेल झिकेर ड्याकमा प्रयोग गरेको भूषालले बताए । ‘जुनसुकै वडा, पालिकाले बजेट ल्याएको भए पनि हामी विकासविरोधी होइनौँ’, वडा अध्यक्ष भूषालले भने, ‘पुलको मध्य भागबाट दक्षिणतर्फ मिचेर ड्याक निर्माण गर्न पानीको सतहबाट ग्राभेल निकाल्नु अन्यायपूर्ण छ, भोलिका दिनमा पार्ने असरप्रति गम्भीर बन्नुपर्छ ।’
ड्याक निर्माणले दुवै वडाका स्थानीयबीच द्वन्द्व निम्त्याउने काम भएको भूषालको भनाइ छ । रत्ननगरतर्फ निर्माण गरिएको ड्याक सोझ्याउनुपर्ने भन्दै वडा अध्यक्ष भूषालले खैरहनीतर्फ ड्याक निर्माणका लागि नगर प्रमुखसँग छलफल भइसकेको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]